Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सव

विज्ञान प्रदर्शनीमा समृद्ध देवदहको सपना

विज्ञान प्रदर्शनीमा समृद्ध देवदहको सपना

images
  • विज्ञान प्रदर्शनीमा समृद्ध देवदहको सपना
    images
    images

    देवदह । विद्यार्थीले वर्षभरि पढेका विज्ञान र प्रविधिका कुरालाई व्यवहारमा उतारेर देखाउने प्लेटफर्म बनेको छ - देवदह महोत्सव । देवदहमा रहेका विद्यालयहरूले हरेक वर्ष हुने महोत्सवमा सहभागी भएर विज्ञान प्रदर्शनी गर्ने गरेका छन् ।

    images
    images
    images

    प्रथम महोत्सवदेखि आठौंसम्म आइपुग्दा हरेक वर्ष महोत्सवमा विज्ञान प्रदर्शनी हुने गरेका छन् । यहाँ रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीले आफुले सिकेका विज्ञान र प्रविधिलाई व्यवहारमा उतारेर हजारौं दर्शकलाई एकैसाथ देखाउन उनीहरूले महोत्सव नै कुर्नुपर्छ । 

    images
    images
    images

    हरेक वर्ष महोत्सवमा हुने विज्ञान प्रदर्शनीमा सहभागी हुँदै आएको सगरमाथा आवासिय माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेल महोत्सवमा हुने विज्ञान प्रदर्शनीले विद्यार्थीलाई निकै प्रोत्साहन हुने बताउछन् । प्राचार्य पौडेल भन्छन्, "विद्यार्थीले आफुले सिकेको कुरा देखाउन चाहान्छ, त्यो पनि सकेसम्म धेरैभन्दा धेरै मान्छेले आफुले बनाएको प्रविधि हेरिदिओस भन्ने चाहाना उनीहरूमा हुन्छ र महोत्सव त्यो प्लेटफर्म बन्दै आएको छ ।"

    images
    images
    images

    विद्यार्थीलाई उत्साहित, सृजनशील र व्यवहारिक बनाउने यस्ता प्रदर्शनीमा देवदहमा रहेका सबै विद्यालय सहभागी हुनुपर्नेमा त्यसो हुन नसकेको प्राचार्य पौडेलको भनाई छ ।  

    आठौँ देवदह महोत्सव मूल आयोजक समिति संयोजक हरि भण्डारी समाजका हरेक तह र तप्कालाई समेट्न महोत्सवमा अत्यधिक कार्यक्रम राखिएको बताउछन् । विद्यार्थीले आफुले सिकेका ज्ञान-विज्ञान र प्रविधिकोबारेमा सबै देवदहवासीलाई विभिन्न प्रोजेक्ट मार्फत देखाउन सकुन् भनेर मेलामा विज्ञान प्रदर्शनी राखिएको उल्लेख गर्दै उनले विद्यार्थीले आफ्ना प्रोजेक्टमा विज्ञान र प्रविधिको मात्र नभएर समृद्ध देवदहको सपना देखाएको बताए । 

    "मैले पनि विज्ञान प्रदर्शनी अवलोकन गरें र विद्यार्थीहरूसँग पनि कुरा गरें" संयोजक भण्डारीले भने, "विद्यार्थीहरूको प्रोजेक्टमा सपना देखिन्छ, हामी हाम्रो गाउँ-समाज र देश समृद्ध बनाउन सकिन्छ र यसरी बनाइन्छ भन्ने प्रोजेक्ट नै बनाएर उनीहरूले प्रस्तुत गरेका छन् ।"

    विद्यार्थीको मेहनत र उनीहरूको प्रस्तुतिबाट आफु निकै प्रभावित भएको उल्लेख गर्दै संयोजक भण्डारीले यस्ता क्षमतावान र सृजनशील युवा-विद्यार्थीहरूलाई यो समाज र राष्ट्रले चिन्ने माध्यम महोत्सव बनोस् भन्ने आफूहरूको चाहाना रहेको बताए । 
       
    आठौँ देवदह महोत्सवमा पाँच वटा विद्यालय सहभागी भएको र विद्यार्थीहरूले उत्कृष्ट प्रोजेक्ट निर्माण गरेको महोत्सवका विज्ञान प्रदर्शनी उपसमिति सदस्य   उमाकान्त अधिकारीले बताए ।

    सहभागी विद्यालयमध्ये देवदह इंलिश बोडिंग स्कुलले  'सोलार सिस्टम', सगरमाथा आवासीय माध्यमिक विद्यालयले 'कृषि र समृद्ध शहर', सेभेन स्टार 'ग्रीनभिलेज र वाटर फल्स', केरवानी माध्यमिक विद्यालयले 'फ्युचर देवदह' र देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले 'ग्रीन पावर' प्रोजेक्ट प्रस्तुत गरेको अधिकारीले जानकारी दिए । 

    प्रदर्शनीमा प्रथम हुने विद्यालयलाई ६ हजार, दोस्रो हुनेलाई ४ हजार तेस्रो हुनेलाई ३ हजार र सान्तवना हुने दुई विद्यालयलाई २-२ हजार नगद र प्रमाण पत्रसहित पुरस्कृत गरिने विज्ञान प्रदर्शनी उपसमिति संयोजक झबिन्द्र पाण्डेले जाकारी दिए । 

    देवदह महोत्सवमा विज्ञान प्रदर्शनी गर्दै विद्यार्थी :

    kerwani school.jpg
    devdaha english boarding.jpg
    sagaramatha schol.jpg
    seven stra school.jpg
    budha public.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।