Logo

२०८३, श्रावण २७गते


images
images

आठौँ देवदह महोत्सव

देवदह महोत्सव : स्टलमा भिड, अपेक्षाकृत व्यापार

देवदह महोत्सव : स्टलमा भिड, अपेक्षाकृत व्यापार

images
  • देवदह महोत्सव : स्टलमा भिड, अपेक्षाकृत व्यापार
    images
    images

    देवदह । आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको तेस्रो दिन देवदह मण्डपमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ । शनिबार महोत्सवमा रहेका स्टलमा मेला अवलोकनकर्ताको भिड देखिएको महोत्सव मूल आयोजक समिति संयोजक हरि भण्डारीले जानकारी दिए ।  

    "मेलामा रहेका २०० बढी स्टलमा अवलोकनकर्ताको बाक्लो उपस्थिति देखिएको छ भने व्यवसायीहरूले समेत अपेक्षाकृत ब्यापार भएको प्रतिक्रिया दिनुभएको छ" संयोजक भण्डारीले भने, "स्थानीय तथा स्वदेशी उत्पादनको प्रवर्धन र पर्यटन विकासमा जोड दिएर संचालन गरिएको महोत्सवमा उद्धेश्य अनुसार नै दर्शकको उत्साहपूर्वक उपस्थिति देखिएको छ ।"

    शनिबार मेलामा कलाकार टंक तिमल्सिना, गायिका सम्झना भण्डारी, लोक गायक प्रचण्ड जिसि र कल्पना खुसुमसंगै स्थानिय कलाकारको प्रस्तुतिमा रहेको सांस्कृतिक उपसमिति संयोजक तेजु अर्यालले बताए ।  आइतबार मेलामा राष्ट्रिय कलाकार अर्जुन सापकोटा, उज्जवल गिरि, कोपिला न्यौपाने र बेली डान्सर बन्दना विश्वकर्मा लगायतको उपस्थिति रहने संयोजक अर्यालले जानकारी दिए ।
     
    शनिबार विदाको दिनको दर्शकहरूले भरपूर उपयोग गरेको देखिएको र उल्लेख्य मात्रामा टिकट विक्री भएको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक दुर्गा नारायण डुम्रेले बताए ।

    महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, अन्तर आमा समुह लोकगित प्रतियोगिता, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् ।

    महोत्सवमा गुरुङ र मगर समुदायको कुडुले घर, सेल्फी जोन, पाँच फिटको बुद्धमुर्ति, कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर तथा खाना महोत्सव लगायतका गतिविधिहरु महोत्सवका आकर्षकका रुपमा रहेको र अवलोकनकर्ताको घुइंचो देखिएको मेला सचिवालय संयोजक विष्णु न्यौपालेले बताए ।

    महोत्सवमा २०६ वटा व्यावसायिक स्टल, १२ वटा होटल र ६ वटा सांस्कृतिक खानाका स्टलसंगै ११ वटा कृषि स्टल रहेको स्थल व्यवस्थापन उपसमिति संयोजक अजय भण्डारीले जानकारी दिए ।

    कृषि, पर्यटन, उद्योग र व्यापार : देवदह नगर समृद्धिको आधार मूल नारा सहित संचालन गरिएको  महोत्सव एक लाख दर्शकले अवलोकन गर्नेे र मेलामा दश करोड बरावरको कारोवार हुने लक्ष्य लिईएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।