Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सव

देवदह महोत्सव : गायक राजु परियारसंगै झुमे दर्शक 

देवदह महोत्सव : गायक राजु परियारसंगै झुमे दर्शक 

images
  • देवदह महोत्सव : गायक राजु परियारसंगै झुमे दर्शक 
    images
    images

    देवदह । आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको दोस्रो दिन देवदह मण्डपमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ । शुक्रबार मेलामा लोक गायक राजु परियारसंग दर्शक झुमे । 

    images
    images
    images

    मेलाको दोस्रो दिन अपेक्षा गरिएकोभन्दा राम्रो दर्शकको उपस्थिति देखिएको र कलाकार राजु परियारसंग दर्शक छमछमी नाचेको मेला मूल आयोजक समिति संयोजक हरि भण्डारीले बताए ।  शुक्रबार उत्साहजनक उपस्थिति रहेको र शनिवार दश हजार बढी दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको उनले बताए । 
     
    हिजो मेलाको उद्घाटन र्यालीमा सहभागी संघ संस्थालाई निशुल्क पास वितरण गरिएको भएपनि शुक्रबार अनुमान गरिएभन्दा बढी टिकट विक्री भएको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक दुर्गा नारायण डुम्रेले बताए । 

    images
    images
    images
    देवदह महोत्सव.jpeg

    शुक्रबार राजु परियारसंगै कलाकार बसन्त लम्साल र चेतना थापा लगायतका राष्ट्रिय कलाकारले मेलामा प्रस्तुति दिएका थिए ।

    images
    images
    images

    शनिबार महोत्सवमा देवदह डान्स आइडियल सुरू भएको छ भने स्थानिय कलाकारहरूको समेत प्रस्तुति मेलामा रहने सांस्कृतिक उपसमिति संयोजक तेजु अर्यालले बताए ।  

    महोत्सवमा गुरुङ र मगर समुदायको कुडुले घर, सेल्फी जोन, पाँच फिटको बुद्धमुर्ति लगायतका आकर्षकहरु रहने आयोजकले जनाएको छ । 

    महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, अन्तर आमा समुह लोकगित प्रतियोगिता, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् ।

    कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरु महोत्सवका आकर्षकका रुपमा रहने मेला सचिवालय संयोजक विष्णु न्यौपालेले बताए ।

    महोत्सवमा २०६ वटा व्यावसायिक स्टल, १२ वटा होटल र ६ वटा सांस्कृतिक खानाका स्टलसंगै ११ वटा कृषि स्टल रहेको स्थल व्यवस्थापन उपसमिति संयोजक अजय भण्डारीले जानकारी दिए । 

    एक लाख दर्शकले मेला अवलोकन गर्नेे र मेलामा दश करोड बरावरको कारोवार हुने लक्ष्य लिईएको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।