देवदह । देवदहमा पहिलो पटक देवदह महोत्सव आयोजना गर्ने संस्था देवदह उद्योग व्यापार संघको बैठकले संस्थाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष अमृतबहादुर फुल्लेललाई दिएको छ ।
संस्थाका अध्यक्ष मेघराज ढकाल अष्ट्रेलिया गएपछि खाली रहेको अध्यक्ष पदमा संघको अधिवेशन नहुँदासम्मको लागि फुल्लेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय सोमबार सम्पन्न बैठकले गरेको संघका केन्द्रिय सदस्य गोविन्द थटराईले जानकारी दिए ।
३५० व्यवसायीहरू संगठित रहेको संघले अर्को बैठकबाट अधिवेशनको मिति तय गर्ने र नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।
साथै बैठकले उद्योग वाणिज्य संघ देवदहले यहि माघ २५ देखि संचालन गर्ने आठौँ देवदह महोत्सवलाई पूर्णरूपमा सहयोग गर्ने र मेला सफल पार्न भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको कार्यवाहक अध्यक्ष फुल्लेलले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology