बुटवल । रुपन्देहीको देवदहमा संचालन हुने आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको डान्सिङ आईडियलका लागि अडिशन भएको छ । शनिबार भएको अडिशनमा २० जना प्रतिस्प्रर्धीहरु छानिएका महोत्सवका सांस्कृतिक संयोजक तेजु अर्यालले जानकारी दिए ।
अडिशनबाट छानिएका प्रतिस्प्रर्धीले माघको २५ गतेदेखि हुने महोत्सवमा प्रतिस्प्रर्धा गर्ने छन् । महोत्सवमा हुने प्रतिस्प्रर्धाबाट छानिएका एक जनालाई विजेता बनाइने महोत्सवका डान्सिङ आइडियल संयोजक कमला अर्यालले बताइन् ।
डान्सिङ आइडियल छनोट अडिशनमा नृत्य प्रशिक्षक विश्व गुरुङ, रवि मल्ल लगायत निर्णायकको भुमिकामा थिए ।
देवदह उद्योग बाणिज्य संघको आयोजनामा माघको २५ गतेदेखि फागुन ८ गतेसम्म संचालन हुने महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत अन्यमा डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत, लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, अन्तर आमा समुह लोकगित प्रतियोगिता, आईडल, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने साँस्कृतीक उपसमितिका संयोजक तेजु अर्यालले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology