Logo

२०८३, श्रावण २७गते


images
images

आठौँ देवदह महोत्सव

देवदह महोत्सवको तयारी तिब्र, १५० स्टल दर्ता

देवदह महोत्सवको तयारी तिब्र, १५० स्टल दर्ता

images
  • देवदह महोत्सवको तयारी तिब्र, १५० स्टल दर्ता
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा माघ २५ देखि सुरू हुने आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवकोे तयारी तिब्र पारिएको छ । महोत्सवको तयारी तिब्र रूपमा अघि बढेको र बुधबारसम्म १५० स्टल दर्ता भैसकेको आयोजक संस्था उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरि भण्डारीले जानकारी दिए । 

    images
    images
    images

    फागुन ८ गतेसम्म संचालन हुने महोत्सवका लागि बालउद्यान, स्टल र सचिवालय निर्माणको काम भैरहेको छ । "मेलाका लागि कम्पाउण्ड घेर्ने तथा बालउद्यान र सचिवालय निर्माणको काम अहिले भईरहेको र हालसम्म १५० स्टल दर्ता भैसकेका छन्" अध्यक्ष भण्डारीले भने ।  

    images
    images
    images

    स्टल दर्ताको कामलाई महत्वका साथ अघि बढाईएको बताउंदै महोत्सव मूल आयोजक समिति सहसंयोजक तथा स्टल दर्ता समिति संयोजक कृष्ण शाहीले प्रत्यक्ष भेटेर तथा फोन र म्यासेज मार्फत स्टल दर्ता गरिएको बताए । 

    images
    images
    images

    महोत्सवको सचिवालय समितिका संयोजक विष्णु न्यौपानेले मेला संचालनको लागि विभिन्न ब्यक्ति तथा संघसंस्थासँग समन्वय र उनीहरुलाई पत्रचार गर्ने काम सुरु भएको बताए । यस्तै महोत्सव आयोजक मुल समितिका सहसंयोजक तथा संघसंस्था समन्वय समितिका संयोजक मिना श्रेष्ठले मेलामा धेरै भन्दा धेरै दर्शकको सहभागिताका लागि देवदहका १२ वटै वडामा प्रचारप्रसार, छलफल  र अन्तरक्रिया सम्पन्न भैसकेको र तयारी अन्तिम चरणमा पुगेको बताईन् ।  महोत्सवका लागि स्थानीय वडाध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी, आमा समुहहरुसँग देवदहको विकास, पर्यटन, कृषि र स्थानीय उत्पादनलाई कसरी मेलामा जोड्न सकिन्छ भन्ने विषयमा गरिएको छलफल अनुसार विगतमा भन्दा पृथक र आकर्षक ढंगले मेला सम्पन्न गरिने दावी गरिन् । 

    स्थानीय उत्पादनलाई जोड दिदै महोत्सवका स्टलहरुलाई ब्यवस्थापन गरिएको तथा कृषि, पर्यटन, विज्ञान, प्रविधी, गार्मेन्ट, होटल रेष्टुरेन्ट, विद्यार्थीका सृजनात्मक प्रोजेक्ट र स्थानीय उत्पादनलाई महोत्सवमा प्राथमिकता दिईएको आयोजकले जनाएको छ । 

    मेलाको एक लाख दर्शकले अवलोकन गर्ने र १० करोड बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ  । महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक सन्तोष नारायण श्रेष्ठले बताएका छन् । 

    महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम सहित, डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता, कपल डान्स आईडल, फ्रि–स्टाईल थ्री मिनेट कम्पिटिसन, कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज (हात्ती सफारी, रथ यात्रा), योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधि हुने जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।