Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सवको तयारी तीव्र, वडा र टोलटोलमा अन्तरक्रिया

देवदह महोत्सवको तयारी तीव्र, वडा र टोलटोलमा अन्तरक्रिया

images
  • देवदह महोत्सवको तयारी तीव्र, वडा र टोलटोलमा अन्तरक्रिया
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा माघको २५ गतेदेखि संचालन हुने आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । मेला नजिकिदैं गर्दा आयोजक संस्था देवदह उद्योग वाणिज्य संघले वडा र टोलटोलमा नियमित रूपमा अन्तरक्रिया तथा छलफल कार्यक्रमहरु गर्दै आएको छ । 

    images
    images
    images

    ‘‘कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार’’ भन्ने नाराका साथ माघको अन्तिम सातादेखि हुन थालेको मेलाको सफलताका लागि वडा,  टोलमा तथा संघसंस्थाबीचमा छलफल तथा अन्तरक्रियाहरु गरिदै आएको मेला मूल आयोजक समिति संयोजक हरि भण्डारीले जानकारी दिए ।  'मेलालाई सफल बनाउन स्थानीयसँगको सहकार्य र समन्वयमा हामीले जोड दिएका छौं' संयोजक भण्डारीले भने, 'जसका लागि वडा वडा र टोलटोलमा पुगेर अन्तरक्रिया गरिरहेकाछौं ।'

    images
    images
    images

    मेलाको संघसंस्था समन्वय तथा परिचालन उपसमितिका संयोजक मिना श्रेष्ठले टोल विकास संस्था, आमा समुहलगायतका विभिन्न संघसंस्थाहरुसँग छलफल र अन्तरक्रिया भईरहेका  बताइन् । जस अन्तरगत पछिल्लो समय वडाध्यक्ष तथा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेको आतिथ्यतामा स्थानीय विभिन्न २३ टोल विकास संस्थाका प्रतिनिधीहरुसंग छलफल भएको उनले जानकारी दिइन् । 

    images
    images
    images

    अन्तरक्रियालाई सम्बोधन गर्दै वडाध्यक्ष तथा प्रवक्ता डुम्रेले देवदहमा लाग्ने मेला सबैका लागि गौरवको विषय भएकाले यसको सफलताका लागि सबैको  सहयोग आवश्यक रहेकोबारे चर्चा गरेको मेला आयोजक संस्था देवदह उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार झविन्द्र देवकोटाले जानकारी दिए । मेलाले स्थानीय उत्पादन र बजारलाई सिधै उपभोक्तासँग जोड्ने भएकाले मेलाको सफलताका लागि सबैको चासो हुनुपर्ने प्रवक्ता डुम्रेको भनाइ छ ।

    फागुन ८ गतेसम्म संचालन हुने मेलाको एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिईएको छ भने १० करोड बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान छ । 

    मेलामा विविध सांस्कृतिक कार्यक्रम सहित, डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता, कपल डान्स आईडल, फ्रि–स्टाईल थ्री मिनेट कम्पिटिसन, कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज (हात्ती सफारी, रथ यात्रा), योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरु मेलामा संचालन गरिने संघका महासचिव विष्णु न्यौपानेले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।