Logo

२०८३, श्रावण २७गते


images
images

बुटवलमा राष्ट्रपति रनिङ सिल्ड हुँदै, ४२ विद्यालयका एक हजार ४२२ विद्यार्थी सहभागी हुने

बुटवलमा राष्ट्रपति रनिङ सिल्ड हुँदै, ४२ विद्यालयका एक हजार ४२२ विद्यार्थी सहभागी हुने

images
  • बुटवलमा राष्ट्रपति रनिङ सिल्ड हुँदै, ४२ विद्यालयका एक हजार ४२२ विद्यार्थी सहभागी हुने
    images
    images

    बुटवल । बुटवलमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै बुटवल उपमहानगरपालिकाले माघ ४ देखि ६ गतेसम्म पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गर्ने जनाएको हो । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बुटवल क्षेत्रलाई खेलकुदको केन्द्रको रूपमा विकास गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । बुटवल-११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको उल्लेख गर्दै उनले प्रतियोगितामा १७ विधाका ५४ खेल हुने बताए ।

    images
    images
    images

    प्रतियोगितामा बुटवलका २१ सामुदायिक र २१ संस्थागत गरि ४२ विद्यालयका १ हजार ४२२ जना विद्यार्थी सहभागी हुने जनाईएको छ ।

    images
    images
    images

    प्रतियोगितामा सहभागी विद्यार्थीहरूको दुर्घटना विमा गरिएको जानकारी दिंदै संयोजक पियाले प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश: २५ हजार, १७ हजार ५०० र १० हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिनेछ । 

    पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले खेलकुदको प्रवर्धनमा रनिङ सिल्डले महत्वपुर्ण योगदान पुर्याउने बताए । बुटवलले आयोजना गर्ने रनिङ सिल्ड लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो राशिको प्रतियोगिता भएको उल्लेख गर्दै उनले खेलकुदलाई प्राथमिकतामा राखेर राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने काम गरिरहेको दावी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।