नेपालमा संसद्वादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरीका कम्युनिस्ट देखिएको उनले बताए । ‘केही साथीहरूले संसद् र सरकारलाई नै अन्तिम लक्ष्य ठान्नु भएको छ । उहाँहरू जनवादी क्रान्ति भइसक्यो भन्नुहुन्छ, त्यस्तो भएको भए त जनजीविकामा देखिनुपयो नि । अर्को, मार्क्सवाद र माओवादलाई अँगाल्ने क्रान्तिकारी साथीहरू हुनुहुन्छ । जेसुकै भएपनि देशमा धेरै कम्युनिस्ट पार्टी भएको सुहाएन । संसद्वादी धारका कम्युनिस्टहरू मिल्नुस् र सरकारमा जानुस् ।
उनले संसद्वादी कम्युनिस्टहरुलाई फेरि पनि मिल्न सुझाव दिए । ‘संसद्मा जाने साथीहरू एक हुनु भए हुन्छ । डबल नेकपा किन फुट्यो ?’ उनले भने,‘सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ । सकिन्न भने सरकार र सदनमा भएका कम्युनिस्टहरू र सडकमा भएका कम्युनिस्टहरूबीच तालमेल गरौँ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology