काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले के गल्ती गरेको छ र ? आम माफी दिने कुरा गरेको भन्दै उल्टै प्रश्न उठाएका छन् ।
उनले पार्टी एकताको लागि आफू हदैसम्मको लचिलो बन्ने बताएका थिए । उनले त्यसको लागि माधव नेपालसहितका नेताहरुलाई आम माफी दिने बताएका थिए । तर, नेता नेपालले भने आफूनिकट नेताहरुसँग ओलीको उक्त अभिव्यक्तिलाई वाहियात कुरा भएको टिप्पणी गरेका छन् ।
उनले आफूहरुले के गल्ती गरेको छ र ? आम माफी दिने कुरा गरेको भन्दै प्रश्न उठाएका छन् । उनले ओलीको पछिल्लो अभिव्यक्तिपनि पहिलेजस्तै जालझेलकै निरन्तरता भएको भन्दै भ्रममा नपर्न भनेका छन् । उनले निकट नेताहरुसँग ओलीको अभिव्यक्तिलाई लिएर हावादारी कुरा गरेको आरोप लगाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology