Logo

२०८३, आश्विन २१गते


images
images

संघीयताबारे धेरै नकारात्मक टिप्पणी नगरौं : ओली

संघीयताबारे धेरै नकारात्मक टिप्पणी नगरौं : ओली

images
  • संघीयताबारे धेरै नकारात्मक टिप्पणी नगरौं : ओली
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना आग्रह संघीयतालाई सफल बनाउने कोसिस गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    झुलाघाट चिवाभञ्याङ : समृद्धिका लागि संकल्प यात्राबारे आइतबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै एमाले अध्यक्ष ओलीले अहिले नै संघीयताबारे धेरै नकारात्मक टिप्पणी गर्नु उपयुक्त नहुने बताएका हुन् । पहिलो कार्यकालको धेरै समय त कानुन र संरचना निर्माणमै वितेको भन्दै उनले भने, ‘५/६ वर्ष पनि कार्यान्वयन हुन नपाउँदै धेरै पक्ष विपक्षमा तर्क गर्ने भन्दा सफल बनाउने कोसिस गरौं ।’

    images
    images
    images

    संघीयता सफल हुनै सकेन भने त्यसैले लोकतन्त्र नमर्ने भन्दै उनले भने, ‘तर सफल बनाउने कोसिस नगर्नु ठीक होइन । अहिले हामी संघीय लोकतान्त्रिक गणतनत्र भन्छौं । लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउने कोसिस गर्दा संघीयता समेतलाई सबल बनाउने कुरा हामीले गरेका हौं ।’

    images
    images
    images

    यसमा (तीनै तहको सरकारले ) आ–आफ्नो ठाउँमा राम्ररी काम सम्पादन गर्ने, जनतालाई सेवा र सुविधा पुर्‍याउने र जनताका समस्या समस्या समाधान गर्ने, विकासका काममा अगुवाइ गर्ने र भ्रष्टाचार नियन्त्रण गरेर संस्थाको औचित्यमाथि प्रश्न उठ्न नदिने ध्यान दिनुपर्ने उनले बताए ।उनले भने, ‘जनताको माग पनि त्यसप्रकार छ ।’

    उनले संघीयताका सन्दर्भमा वा शक्ति र स्रोतहरुको बाँडफाँटका सम्बन्धमा गरेका कामहरु कति फलदायी देखिए ? कति फलदायी नहुने अवस्था देखियो भनेर छलफल गर्नुपर्ने पनि बताए । ‘यो शक्ति विकेन्द्रीकरणको प्रश्न होइन, शक्तिको बाँडफाँटको प्रश्न हो’, एमाले अध्यक्ष ओली भने, ‘स्रोत साधानको बाँडफाँट भनेको सुशासनका लागि आवश्यक पर्ने आधारमा गर्ने हो, देशको विकास र जनताको सुविधाका लागि गर्ने हो ।’

    संघीयता खारेज भइहाल्नुपर्छ वा अधिकार दिनुपर्छ भनेर सम्हाल्नै नसक्ने स्थिति बनाउनुपर्छ भन्नु दुबै अतिवादी सोच भएको उनले बताए । शक्ति र स्रोतको बाँडफाँटमा गम्भीर समस्या देखा परेको भन्दै उनले भने, ‘यसबारे गहिरिएर विचार गर्नुपर्छ ।’

    ओलीले अभियानका क्रममा जनताले लोकतान्त्रिक प्रणाली बढी चासो र दृढता राखेको पाएको सुनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।