Logo

२०८३, आश्विन २१गते


images
images

अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनायौं : केपी ओली

अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनायौं : केपी ओली

images
  • अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनायौं : केपी ओली
    images
    images

    पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताएका छन् ।

    images
    images
    images

    पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गर्दै ओलीले भने, ‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ । देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुको मनोबल उच्च बनाएको छ ।’

    images
    images
    images

    संकल्प यात्राले मुलुकमा ब्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको अध्यक्ष ओलीले बताए । तर गठबन्धन सरकारका कारणले मुलुक चिन्ताजनक अवस्थामा पुगेको बताए ।

    images
    images
    images

    ‘देशको राजनीति अलमलमा छ, देशको समय र जनताको आयु खेर गएको छ’, अध्यक्ष ओलीले भने ।

    गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवा भञ्ज्याङसम्म चलेको मध्यपहाडी संकल्प यात्राले देश विकासको खाका बनाउने आधार तयार पारेको उनले बताए । ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधरण भूमिका खेलेको छ’, उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।