Logo

२०८३, आश्विन १०गते


images
images

देउवा ५ पटक गरी कुल ४ वर्ष प्रधानमन्त्री

देउवा ५ पटक गरी कुल ४ वर्ष प्रधानमन्त्री

images
  • देउवा ५ पटक गरी कुल ४ वर्ष प्रधानमन्त्री
    images
    images

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक प्रधानमन्त्री भएका छन् । उनी अधिकतम १९ महिना र न्यूनतम ८ महिना प्रधानमन्त्री भएका छन् । यो पटक गरी उनी पाचौं पटक प्रधानमन्त्री भएका छन् । उनी जटिल राजनीतिक परिस्थितिबीच प्रधानमन्त्री बनेकाले कति दिन वा महिना प्रधानमन्त्री हुने हुन् प्रतिक्षाको विषय छ ।

    images
    images
    images

    देउवा पहिलोपटक २०५२ सालमा प्रधानमन्त्री भए । उनी पहिलोपटक १६ महिनाका लागि प्रधानमन्त्री नियुक्त भएका थिए । दोस्रोपटक २०५८ सालमा प्रधानमन्त्री नियुक्त भए । १५ महिना प्रधानमन्त्री भएपछि उनलाई २०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीबाट हटाएका थिए । त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए ।

    images
    images
    images

    तत्कालीन राजा ज्ञानेन्द्रले नै देउवालाई २०६१ सालमा प्रधानमन्त्री नियुक्त गरेका थिए । तर, ९ महिनामै २०६१ साल माघ १९ गते फेरि बर्खास्त गरेका थिए । त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेका थिए ।

    images
    images
    images

    देउवा २०७४ सालमा चौंथो पटक प्रधानमन्त्री बनेका थिए । तेस्रो पटक प्रधानमन्त्री बनेको १३ वर्षपछि देउवा प्रधानमन्त्री बनेका थिए । ९ महिना प्रधानमन्त्री बनेका देउवाले २०७४ सालको आम निर्वाचन गराएका थिए ।

    देउवा पाचौं पटक प्रधानमन्त्री बनेका छन् । २९ असार २०७८ मा प्रधानमन्त्री बनेका देउवालाई सर्वोच्च अदालतले नियुक्तिको आदेश दिएको हो । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिएमा देउवा १७ महिना प्रधानमन्त्री बनेर आमचुनाव गराउने अवसर पाउनेछन् ।

    यसो भएमा उनी पाचौंपटकमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने रेकर्ड राख्नेछन् । अन्यथा घटना यसरी विकास हुनेछ कि उनी यो पटक अहिलेसम्म प्रधानमन्त्री बनेको समयमा सबैभन्दा कम समय हुनेछ ।

    पहिलोपटकः १६ महिना
    दोस्रोपटकः १५ महिना
    तेस्रोपटकः ९ महिना
    चौंथोपटकः ९ महिना
    पाचौंपटकः २९ असार २०७८ बाट निरन्तर

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।