Logo

२०८३, आश्विन १०गते


images
images

बुढानिलकण्ठ भेटवार्ता

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

images
  • कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठ आइतबार उनीहरूबीच भेटवार्ता भएको हो ।

    images
    images
    images

    उनीहरूबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन् ।

    images
    images
    images

    उनले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । भेटका क्रममा उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने गरी तयारी भइरहेको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।