Logo

२०८३, श्रावण २७गते


images
images

सोइया महिला स्वावलम्बी संस्थाको एकदिने कार्यशाला गोष्ठी सम्पन्न

सोइया महिला स्वावलम्बी संस्थाको एकदिने कार्यशाला गोष्ठी सम्पन्न

images
  • सोइया महिला स्वावलम्बी संस्थाको एकदिने कार्यशाला गोष्ठी सम्पन्न
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकामा क्रियाशील सोइया महिला स्वावलम्बी संस्थाको एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मानव अधिकार, बालविवाह र हिंसा सम्बन्धि एकदिने कार्यशाला देवदहस्थित पाठक फुडल्यान्डमा भएको हो । 

    images
    images
    images

    गोष्ठीमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ले देवदह नगरपालिकाभित्र रहेका टोल बिकास संस्थाले हरेक परिस्थितिमा देवदह नगरपालिकालाई सहयोग गरेकोमा आभार व्यक्त गरिन । बालविवाह न्यूनीकरण गर्नका लागी टोल विकास संस्थाले महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा टोलबासीहरुलाई बालबिबाह न्यूनीकरणका लागि जनचेतनाको स्तर बढाउन उनको आग्रह छ ।   

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपालले आफ्नो वडामा बालबिबाहको समस्या अझै पनि रहेको त्यसलाई निर्मुल गर्न आफुहरुले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए । त्यसैगरी देवदह नगरपालिका वडा नं ८ का वडाअध्यक्ष हरी पाण्डेले समाजमा बालबिबाह रहेको र नगरपालिकाले त्यसलाई न्यूनीकरण गर्न वडास्तरमा विभिन्न कार्यक्रम गर्नुपर्ने बताए । वडा नं १२ का वडाध्यक्ष डेग बहादुर सारुले बालबिबाह जस्तो जघन्य अपराध गर्ने र गराउनेलाइ कानुनी कार्वाही गर्नुपर्ने बताए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै सोइया महिला स्वावलम्बी संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले देवदह नगरपालिकाभित्र भैरहेका हिंसात्मक गतिविधि न्यूनीकरणका लागि नगरपालिकाको साथ आवश्यक रहेको बताइन ।

    कार्यक्रममा अधिकारकर्मी इन्दिरा अर्यालले मानवअधिकार, बालबिबाह र हिंसा सम्बन्धि बिषयहरुमा उपस्थित टोलबासीलाइ सहजीकरण गरेकी थिइन । 

    कार्यक्रम सोइया महिला स्वावलम्बी संस्थाका अध्यक्ष केसुमाया थापाको अध्यक्षता तथा संस्थाकी कर्मचारी एलिना हमालको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।