देवदह । केशुमाया श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय समिती सर्वसम्मत चयन गर्दै सोईया महिला स्वावलम्बी संस्थाको ११ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार देवदह ३, आदिवासी जनजाती भवनमा सम्पन्न सभाबाट उपाध्यक्षमा मैना परियार, सचिवमा विनिता रास्कोटी, कोषाध्यक्षमा सन्ध्या माझी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मिना लम्तरी, सविना नेपाली र बाटुली परियार रहेका छन् ।
उक्त अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले संस्थाले गरेका कार्यहरूको प्रशंसा गरिन् । संस्थाले देवदह क्षेत्रको शिक्षा, बालबालिका तथा महिला सशक्तिकरणमा योगदान पुर्याएको बताईन् ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपाल, वडा नं २ का अध्यक्ष दल बहादुर राकस्कोटी, वडा नं ४ का अध्यक्ष दमननाथ रेग्मी, देवदह ६ का अध्यक्ष खेम बहादुर थापा, देवदह १२ का अध्यक्ष डेग बहादुर सुरु, देवदह ३ का कार्यवाहक अध्यक्ष अम्बिका प्रसाद चौधरी, देवदह नगरपालिका कृषि शाखाका पविन्द्र मल्ल लगाएतले बोल्दै संस्थागत रुपमा सोइयाले गरेको कार्य उत्कृष्टा रहेको उल्लेख गरे ।
कार्यक्रममा संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले साधारण सभाको प्रतिवेदन तथा संस्थाले गरिरहेको कार्यक्रमको जनकारी प्रस्तुत गरिन् भने कोषाध्यक्ष राधिका डुम्रेले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।
केशमाया थापाको अध्यक्षता गुणस्तरीय शिक्षा परियोजना संयोजक प्रकाश भुर्तेलको स्वागत र कर्मचारी एलिना हमालको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology