देवदह । रुपन्देहीको देवदहमा क्रियाशील सोइया महिला स्वावलम्बी संस्थाले संस्थाद्वारा संचालित परियोजनाबारे जानकारी गराएको छ । बुधबार एक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुपन्देही र देवदह नगरपालिकालाई परियोजनाबारे जानकारी गराइएको संस्थाले जनाएको छ ।
सेतोमसीसंग कुरा गर्दै संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले सोइयाले संचालन गरिरहेका कार्यक्रम र ति कार्यक्रमहरुले समुदायमा पारेको प्रभावबारे जानकारी गराइएको बताइन् । "गर्ल फर्स्ट फन्ड, सस्टेनेवल नेटवर्क एण्ड एड्भोकेसी फर क्वालिटी एजुकेशन, लर्निङ्ग च्यालेन्ज फन्ड र भूमिहीन महिलाको लागि भुमि अधिकार एवं जीवनयापन कार्यक्रमको बारेमा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिलाई जनाकारी गराइएको छ ।" व्यवस्थापक न्यौपानेले भनिन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाई, देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतले बोल्दै सामाजिक रुपान्तरणको क्षेत्रमा सोइया संस्थाले महत्वपुर्ण निर्वाह गरेको बताए ।
संस्थाका अध्यक्ष केशमाया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापक मेनुका न्यौपानेले कार्यक्रमबारे प्रकाश पारेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology