देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको देवदह माविमा बधाई, शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। एस ई ई परीक्षामा उत्तीर्ण भएका र सङ्गै विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाइ सो कार्यक्रममा सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रेले मुर्झिएको विद्यालयलाई युवा तथा नया नेतृत्व आएर सम्हालेकाले देवदह माविको अवस्था परिवर्तन भएकोमा खुसी व्यक्त गर्दै सबै कुराको परिवर्तन असल नेतृत्वबाट मात्र सम्भव भएको बताए ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, देवदह नगर शिक्षा अधिकृत टिकाराम शर्मा, विद्दालयका विद्यार्थी, विद्दालयका पुर्व अध्यक्ष लगाएतले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रम देवदह मावि विद्दालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको अध्यक्षता, विद्दालयका प्रअ हरि प्रसाद पाण्डे को स्वागत र विद्यालयका शिक्षक इन्दिरा अर्यालको संचलानमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology