बुटवल । लायन्स क्लब अफ बुटवल सिटिको दशौं अधिवेशन सम्पन्न भएको छ । बर्ष २०२१/०२२ का लागि कृष्ण बहादुर पुनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट मित्र हरि आचार्यलाई प्रथम उपाध्यक्ष, दोस्रो उपाध्यक्षमा जीवन अधिकारी, तेस्रो उपाध्यक्षमा कृष्ण बहादुर जिसी, सचिवमा मिन राना, कोषाध्यक्षमा देबेन्द्र बहादुर राना लगायतका पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष कृष्ण बहादुर पुनले फरक क्षमता भएका युवाहरुको लागि खेलकुद र उद्यमशिल सिप तथा तालिम लगायतको काम गर्ने बताए । निवर्तमान अध्यक्ष सिद्दार्थ विक्रम शाहले नव निर्वाचित अध्यक्ष कृष्ण बहादुर पुनलाई पदस्थापना गराउदै शुभकामना सफलताको दिए ।
शुभकामना मन्तव्यकै क्रममा चार्टर प्रेसिडेन्ट महेश थैब लगायतका पास्ट प्रेसिडेन्ट मान बहादुर के सी, बिष्णु केसी (राज), दिपक श्रेष्ठ, नारायण श्रेष्ठ लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology