काठमाडौँ । यातायात व्यवसायी तथा मजदुरहरुले देशभर सबै प्रकारका सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेका छन् ।
काठमाडौं उपत्यकाका ३ जिल्ला प्रशासनले मंगलवार देखि २५ सिट भन्दा बढी क्षमताका सार्वजनिक यातायातलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असार १८ गतेदेखि स्वास्थ्य मापदण्ड अपनाएर देशैभर सबै सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology