Logo

२०८३, आश्विन १०गते


images
images

यातायात व्यवसायीको आन्दोलन

सार्वजनिक यातायात ठप्प, यात्रु मारमा

सार्वजनिक यातायात ठप्प, यात्रु मारमा

images
  • सार्वजनिक यातायात ठप्प, यात्रु मारमा
    images
    images

    काठमाडौँ  । यातायात व्यवसायीहरूको आन्दोलनले सार्वजनिक यातायात ठप्प भएको छ । बन्दका कारण आज बिहानैबाट काठमाडौं उपत्यकालगायत देशभरको जनजीवन प्रभावित बनेको छ । 

    images
    images
    images


    व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । जसको प्रत्यक्ष मारमा यात्रु परेका छन् ।

    images
    images
    images

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अनुसार, ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को आह्वानमा आजदेखि देशभरका सार्वजनिक यातायातका साधनहरू ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको हो ।

    images
    images
    images

    संगठनले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको छ ।

    यसैबीच, आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, “यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।“

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यातायात व्यवसायी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।