Logo

२०८३, आश्विन १०गते


images
images

‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा

‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा

images
  • ‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा
    images
    images

    काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आईतवार माईतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । 

    images
    images
    images

    सातवटै प्रदेशले दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिने प्रावधान ल्याउन लागेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । सवारी ऐन २०४९ को परिच्छेद २, दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरु आन्दोलित बनेका छन् । 

    images
    images
    images

    माग सम्बोधन नभए सोमवारबाट अनिश्चितकालिन यातायात बन्द गर्ने चेतावनी  :

    images
    images
    images

    आईतवारसम्म आफ्ना मागहरु सम्बोधन नभए सोमवारदेखि  देशव्यापी रूपमा अनिश्चितकालका लागि सवारीसाधनहरू घर ग्यारेजमा थन्काउने उनीहरुको चेतावनी छ । 

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निजी सवारी साधनलाई सातवटै प्रदेशले राइड सेयरिङमार्फत सेवा दिने निर्णय गर्न लागेको कारण आफूहरु सडकमा आउनुपरेको बताए । उनले प्रदेश सरकारहरुले सार्वजनिक सवारी साधनहरु सकिने गरी ऐन निर्माण गर्न लागेकै कारण सडक आन्दोलन गर्नुपरेको जिकिर गरे । 

    अध्यक्ष स्वाँरले सरकारले आजको दिनभित्र आफ्ना मागहरु पुरा नगरे सोमवारदेखि सार्वजनिक सवारी साधनहरु आ आफ्नो घर ग्यारेजमा थन्क्याउने चेतावनी समेत दिए । आफूहरुको आन्दोलनको कारण सर्वसाधारणमा पर्ने असुविधाको जिम्म समेत सरकारले लिनुपर्ने उनको भनाइ छ । 

    नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले राइड सेयरिङको निजी सवारी साधनलाई प्रयोजनविपरित कार्य गर्नको लागि गण्डकी सरकारले ल्याएको नियमावलीको विरुद्ध सडकमा आउनु परेको बताए । सरकारले सार्वजनिक यातायातको सुदृढिकरणको सट्टा निजी सवारीलाई समेत यात्रु ओसार्न अनुमति दिने व्यवस्था आपत्तिजनक रहेको उनको भनाई छ । 

    महासचिव बानियाले संघसंस्था खारेजी एवं संघ संस्थामा रहेका चल÷अचल सम्पतीलाई नेपाल सरकारको मातहतमा ल्याउने सरकारको नियर्ण सर्वोच्चले उल्ट्याएको १४ महिनासम्म पनि कार्यान्वयन नभएको भन्दै सर्वोच्चको उक्त आदेश कार्यान्वयन गर्न समेत माग गरे । 

    व्यवसायीको आन्दोलनका कारण राजधानीका सडकमा अवरुद्ध भएको कारण यात्रीले सास्ति खेप्नुपरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।