दिपेन्द्र खत्री - अर्घाखाँची । कुन समयमा मानिसलाई आपत आइलाग्छ त्यो कसैलाइै थाहा हुँदैन् । समाजमा सबैका असल र प्रिय रहेका प्रवेश सेजवालकाे जीवनमा अप्रत्याशित घटना भएको छ । उक्त घटनाले उनको जीवनमा सुन्दर संसारको कल्पना–कल्पनामै सिमित हुने भएको छ ।
अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका ८ (सानो चेक्मी घैयार)का ३० वर्षिय प्रवेश सेजवाल जीवन-मरणको दोसाँधमा छन् । आफुलाई निकाे बनाउने विमारकाे औंषधी नै नभएका बताउने पीडित सेजवाल थलिएको एक वर्ष भन्दा धेरै भयो ।
आफुले ड्राईभिङ्ग पेशा गर्दै अरुकाे ज्यानकाे सुरक्षा सहित गन्तव्यसम्म पुर्याउने सेजवालले आफ्नाे जीवनमा यस्ताे हाेला भनेर कल्पना सम्म गरेका थिएनन् । गाडि साहुकाेमा छाडेर कामवाट घर फर्किदा उनी बाटाेमा चिप्लिएर लडे अनि उनी माथी ठुलाे अप्रत्याशित घटना घट्याे । सानाे र सुन्दर परिवार भएका सेजवाल अहिले स्पाइल इन्जरी पुनःस्थापना केन्द्र भैंसीपाटि भक्तपुरमा छन् । दिनभर मजदुरी गरेर छाक टार्ने सेजवाल परिवारलाई उपचार खर्च जुटाउनु अत्यन्तै मुस्किल भएको छ । 
सेजवालको परिवारसँग भएको आठ - दश लाख यस अघिनै विभिन्न अस्पतालमा चेकजाँचमै सकियाे । उनलाई थप उपचारका लागि व्यक्तिगत रुपमा सहयाेग उठाईयाे । स्थानीय सरकारले पनि केही सहयाेग गर्याे । तर विरामी सेजवाललाई विसकाे उन्नाईस भएन । त्यसपछि घर ल्याईयाे घरमा आउदाँसम्म उनकाे शारिरिक अंग कुनै पनि चल्न नसक्ने र बाेल्न पनि नसक्ने अबस्था थियाे ।अनि घरमा केही महिना वसे ।
घरमा रहेकाे समय अबधिभर प्राकृतिक उपचार र थेरापीले उनमा केही सुधार आयाे । त्यसपछि उनलाई गुल्मी जिल्लाकाे रेसुङ्गा नगरपालिका तम्घासमा रहेकाे आशा अपाङ्ग केन्द्रमा ल्याईएकाे सेजवालकि श्रीमती साबित्रा सेजवालले बताईन् ।
मृत्यु कुरिरहेका सेजवालले ओछ्यानमै बाच्ने आशले लडिरहेका छन् । गाउँमा थाेरै जग्गा र सानो घरबाहेक अरु केही छैन उनको परिवारसँग।
‘अब कसले बचाउँछ,’ आँखाभरी आसुु पार्दै श्रीमती साबित्रा सेजवालले भनिन् । आँखै अगाडि श्रीमानकाे मृत्यु देख्न कसले पो सक्छ र? तर साबित्रासँग श्रीमानको मृत्यु पर्खेर बस्नुबाहेक कुनै विकल्प छैन। ‘बेलाबेलामा आत्महत्या गरौंझैं लाग्छ’ उनी भन्छिन ।
दिनभर मजदुरी गरेर गुजारा चलाउने बाबु भगवानको दैनिकी पनि छाेराको हेरचाहमै बित्छ । ‘छाेराे बाच्छ भन्ने आशा त छैन’ रुन्चे स्वरमा उनले भने, ‘थप उपचारका लाई पैसा ल्याउने सम्भावनै छैन । पैसै नभएपछि बाच्ने आशा पनि मरिसक्योे।‘
(मृत्यु कुरेर ओछ्यानमा सुतेको एउटा पीडितलाई हामीले गरेको सानो सहयोगले पुनर्जीवन दिन सक्छ । सेजवाललाई सहयाेग गर्नकाे लागि श्रीमति साबित्रा सेजवाल सम्पर्क :9843694530, इ-सेवा: 9841821259 । थप जानकारीका लागि पत्रकार दिपेन्द्र खत्री ल, सम्पर्क: 9863325121)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology