Logo

२०८३, आश्विन ९गते


images
images

पुर्वपश्चिम राजमार्ग : देवदहको डाइभर्सन  संचालनमा, सुनवलमा काम हुँदै

पुर्वपश्चिम राजमार्ग : देवदहको डाइभर्सन  संचालनमा, सुनवलमा काम हुँदै

images
  • पुर्वपश्चिम राजमार्ग : देवदहको डाइभर्सन  संचालनमा, सुनवलमा काम हुँदै
    images
    images

    रुपन्देही । वाढीले रोड डाइभर्सन भत्काइदिएपछि अबरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग अन्र्तगतको बुटवल बर्दघाट सडकखण्डको देवदहको सडक मर्मत पछि सञ्चालनमा आएको छ ।

    बिहिबार वेलुका डाइर्भसन मर्मत गरे पछि सडक सञ्चालनमा आएको देवदह प्रहरी चौकी खैरेनीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिए । सडक मर्मत पश्चात अहिले दुइतर्फी सडक सञ्चालनमा आएको छ ।

    सोही सडकखण्ड अन्र्तगतको सुनवलको सडक भने अझै सञ्चालनमा आउन सकेको छैन । सडकको मर्मत कार्य भइरहेकाले आज वेलुका सम्म सडक सञ्चालनमा आउने संम्भावना रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए ।

    बुटवलबाट वर्दघाट जाने यातायातका साधनलाई परासी हुँदै जान पनि प्रहरीले आग्रह गरेको छ । निरन्तरको बर्षातका कारण पूर्व पश्चिम राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध बनेको छ । यात्रा गर्दा सावधानी अपनाउन लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आग्रह गरेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।