Logo

२०८३, आश्विन १०गते


images
images

एमालेविरुद्ध जति ठूलो गठबन्धन गरे पनि फरक पर्दैन: ओली

एमालेविरुद्ध जति ठूलो गठबन्धन गरे पनि फरक पर्दैन: ओली

images
  • एमालेविरुद्ध जति ठूलो गठबन्धन गरे पनि फरक पर्दैन: ओली
    images
    images

    गुल्मी । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विरुद्ध जतिसुकै ठूलो गठबन्धन गरे पनि त्यसले फरक नपर्ने बताएका छन् । आगामी निर्वाचनमा ५१ प्रतिशत बहुमत ल्याउने गरि एमालेले ग्रासरुट अभियान सञ्चालन गरिरहेको बताउँदै उनले त्यो नै जनताको पक्षमा काम गर्न एमालेका लागि काफी हुने बताए । आधुनिक नेपालको निर्माणको लागि एमाले मात्र सशक्त रहेको उनले कार्यकर्तामाझ सुनाए ।

    images
    images
    images

    पार्टीले सञ्चालन गरेको ३ महिने मिसन ग्रासरुट अभियान अन्तरगत ५ दिनको समय छुट्याएर लुम्बिनी प्रदेशका जिल्लाहरुमा घुमिरहेका अध्यक्ष ओलीले सोमबार गुल्मीमा सम्बोधन गरेका थिए । सोही क्रममा बोल्दै उनले जनताको पक्षमा काम गर्छुभन्दा एमालेमाथि घेराबन्दी भएको उल्लेख गर्दै अबको अभियानले एमालेलाई ५१ प्रतिशत बहुमत प्राप्त हुने र अन्यले जति दल मिलेर गठबन्धन गरेपनि त्यसले फरक नपर्ने उल्लेख गरे । ‘जतिसुकै गठबन्धन भएपनि एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा एमाले होइन ।’( एमाले अध्यक्ष ओलीले भने ।

    images
    images
    images

    ओलीले एमालेमा लागेको खिया मेटाउनुपर्ने बताउँदै त्यसैका लागि अभियान सञ्चालन गरिएको बताए । खिया लागेर भुत्ते भएका फलामलाई धारिलो बनाए मात्र प्रयोगमा आउने ओलीले बताउनुभयो । “निरन्तर प्रयोग नगरेमा खुकुरीमा खिया लाग्छ, भुत्ते हुन्छ काट्दैन” उनले भने, “एमालेमा लागेको खिया मेटाउनुपर्छ, धार लगाएर जनतामाझ जानुपर्छ ।” अध्यक्ष ओलीले कार्यकर्ता हुँदै जनतामाझ जानको लागि एमालेले मिसन ग्रासरुट अभियान संचालन गरेको उल्लेख गरे ।

    images
    images
    images

    नेकपा एमालेले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं,  जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ देशभर पार्टी सुदृढीकरण तथा विस्तार अभियान(२०७९ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत तम्घासमा सोमबार बृहत कार्यकता प्रशिक्षण कार्यक्रम आयोजना गरेको नेकपा एमाले गुल्मीका अध्यक्ष गणेश श्रीपालीले जानकारी दिए ।

    एमाले अध्यक्ष ओलीले गैरएमाले प्रवृत्ति परास्त गर्ने अभियानको मुख्य ध्येय रहेको समेत प्रष्टाए ।  एमालेका सदस्यको व्यवहार र आचारण देख्दै एमाले जस्तो हुनुपर्ने उनको भनाइ छ । पञ्चायत कालमा तत्कालीन लुम्बिनी अञ्चलका छ जिल्लामा आफू कमाण्डर रहेर मोर्चा सम्हालेको स्मरण गर्दै हाल लुम्बिनी प्रदेशका यी जिल्लामा आवासीय भ्रमण गरेको ओलीले बताए । उनले एमाले अब माथिल्लो कमिटीले क्रमश तल्लो कमिटीलाई निगरानी गरेर जनतामाझ परिचालित हुन आवश्यक रहेको उल्लेख गरे।  टोलटोलमा संगठन र घरघरमा सदस्य एमालेको अभियान भएको उनले बताए । ओलीले फरक प्रसंगमा काँग्रेसको भन्दा थोरै मत एमालेलाई नसुहाउने प्रतिक्रिया दिए ।

    बृहत कार्यकर्ता प्रशिक्षणमा नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप कुमार ज्ञवाली, केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव गोकर्णराज बिष्ट लगायतका नेताले बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।