काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले विपिनकी आमा र बहिनिले इजरायलका राष्टपति र संसद अध्यक्षसँग भेटेर रिहाईको पहलका लागि आग्रह गरेको उल्लेख गर्दै यसअघि आफुले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको बताएका छन् ।
उनले भनेका छन् ‘इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो । इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति H.E. Mr. Isaac Herzog र संसद अध्यक्ष H.E. Mr. Amir Ohana सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ । यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ । सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिंदै हर सम्भव पहलमा जुटिरहेको छ । बिपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको छ । इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवाद। बिपिनका परिवारको साथमा सरकार छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology