Logo

२०८३, श्रावण २७गते


images
images

चीन भ्रमण

प्रधानमन्त्री ओली भदौ १४ गते चीन जादै, राष्ट्रपति जिनपिङसँग तियानजिनमा भेटघाट गर्ने

प्रधानमन्त्री ओली भदौ १४ गते चीन जादै, राष्ट्रपति जिनपिङसँग तियानजिनमा भेटघाट गर्ने

images
  • प्रधानमन्त्री ओली भदौ १४ गते चीन जादै, राष्ट्रपति जिनपिङसँग तियानजिनमा भेटघाट गर्ने
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा भदौं १४ गतेदेखि १८ गते (३० अगस्ट देखि ३ सेप्टेम्बर) सम्म सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जाने भएका छन् ।

    images
    images
    images

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति जिनपिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियानजिनमा हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन् भने शिखर सम्मेलनका क्रममा सम्मेलनमा भाग लिने केही विश्व नेताहरूसँग साइड लाइन भेटघाट गर्ने कार्यक्रम रहेको मंतालयले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा जनवादी गणतन्त्र चीनका उपराष्ट्रपति हान झेङसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसै प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा चिनियाँ जनताको जापानी आक्रामकता विरुद्धको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८० औं वार्षिकोत्सवको अवसरमा बेइजिङमा आयोजना हुने स्मारक कार्यक्रमहरूमा पनि भाग लिने कार्यसूची रहेको छ ।

    images
    images
    images

    प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीकी, श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे, सांसद पूर्ण बहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा र उच्चपदस्थ सरकारी अधिकारीहरू समावेश हुने परराष्ट्रले जानकारी गराएका छन् । प्रधानमन्त्री र प्रतिनिधिमण्डल ३ सेप्टेम्बरमा काठमाडौं फर्कने तालिका रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।