Logo

२०८३, आश्विन १०गते


images
images

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

images
  • बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
    images
    images

    मकवानपुर । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले शुक्रबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै एमाले सरकारबाट बाहिरिएर सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए ।

    images
    images
    images

    उनले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने बताए । उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने प्रस्ट पारे ।

    images
    images
    images

    गत पुस २५ गते माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वमा प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो । एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।

    images
    images
    images

    संसदमा आफ्नो धारणा राख्दै नेता थपलियाले विगतमा सत्ता गठबन्धन एमाले अनुकुल हुँदाको बखतमा कांग्रेसले देखाएजस्तो ढुलमुले शैली एमालेले नदेखाउने बताए । प्रतिपक्षको भूमिकामा रहेर एमालेले सरकारलाई रचनात्मक सुझाव र खबरदारी गर्ने उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश
  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।