दिपेन्द्र खत्री- अर्घाखाँची । परोपकार युवा समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा हलिम खाँन चयन भएका छन् । उनी अध्यक्षमा मनोनित भएपछी खाँनले आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा कटिबद्ध भएर निभाउने बताएका छन ।
संस्थाको उपाध्यक्षमा विमला जि. सी, सचिवमा सरु सुनार, कोषाध्यक्ष केशव ज्ञवाली, सदस्यहरुमा विक्रम नेपाली, विजय नेपाली, प्रेमजंग वि.क., डिलाराम खनाल, असिम नेपाली, कविता थापा, कविता बन्जाडे, सुदिप नेपाली, गणेश हिताङ्ग, सपना नेपाली रहेका छन् ।
उक्त संस्थाले स्थानीय तह देखि केन्द्रसम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु, चोरिडकैती, घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप पूर्ण रुपमा अन्त्य गर्न प्रयत्नशील रहनु जस्ता उदेश्यहरु रहेका छन् ।
यो संस्था नेपालभरका जिल्लामा बिस्तार गरिने खाँनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology