Logo

२०८३, आश्विन ९गते


images
images

पाल्पामा दुई वटा ट्रिपर दुर्घटना हुदाँ एक जनाकाे मृत्यु, चार जना घाइते

पाल्पामा दुई वटा ट्रिपर दुर्घटना हुदाँ एक जनाकाे मृत्यु, चार जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • पाल्पामा दुई वटा ट्रिपर दुर्घटना हुदाँ एक जनाकाे मृत्यु, चार जना घाइते
    images
    images

    सुमन गाहा, पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं.२ लघुवामा आइतबार दिउँसो  तम्घास तर्फ जाँदै गरेको बा. ४ ख ७३२० नम्बरको ट्रिपर र सोही दिशातर्फ गईरहेको प्रदेश ३–००१ क ०२५० नम्बरको दुई वटा ट्रिपर आपसमा  ठोक्किदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

    images
    images
    images

    ट्रिपर दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका–२, का ४५ वर्षीय टंकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ट्रिपर दुर्घटनामा गुल्मी जिल्ला रुरु गाउँपालिका–२, बस्ने ३८ वर्षका अशोक कुँवर, सोही स्थानका ४२ वर्षीया रमा कुँवर, ललितपुर जिल्लाका २६ वर्षीय राजेन्द्र बजगाई र नवलपरासी जिल्ला सुनवल–९, बस्ने २२ वर्षका किसन कुँवर घाइते भएका छन् । 

    images
    images
    images

    घाइते अधिकांशको अवस्था मध्यम् रहेको छ । घाइते चारै जनाको उपचार अहिले तानसेन स्थित मिसन अस्पतालमा उपचार भईरहेको छ ।

    images
    images
    images

    ट्रिपर सडकदेखि २०० मीटर तल खसेको थियो । सिमेन्ट लिएर गुल्मी तर्फ जाँदै ट्रिपर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । 

    दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।