Logo

२०८३, आश्विन १०गते


images
images

स्ववियु चुनावको तयारीमा जुट्न अनेरास्ववियुलाई केपी ओलीको निर्देशन

स्ववियु चुनावको तयारीमा जुट्न अनेरास्ववियुलाई केपी ओलीको निर्देशन

images
  • स्ववियु चुनावको तयारीमा जुट्न अनेरास्ववियुलाई केपी ओलीको निर्देशन
    फाइल फोटो
    images
    images

    अनेरास्ववियुको नवनिर्वाचित केन्द्रीय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शपथग्रहण गराउने क्रममा उनले तत्काल स्ववियु निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । स्ववियु निर्वाचन आगामी चैत ५ मा हुँदैछ ।

    images
    images
    images

    निर्वाचनका लागि आजैबाट अनेरास्ववियुले काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले स्ववियु निर्वाचनमा टिक्न नसकेकै कारण नेविसंघको जन्म भएको उल्लेख गर्दै उसलाई परास्त गर्ने गरी अन्य संगठनहरूसँगको सहकार्यलाई अघि बढाउन पनि अनेरास्ववियु सफल हुने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    ओलीले अनेरास्ववियुका नेताहरूलाई अहंकार नलिई काम गर्न पनि आग्रह गरे । अहंकार र दम्भले आफैँ सकिने भएकाले अनेरास्ववियुका नेता-कार्यकर्ताहरूले त्यस्ता खालको गतिविधि गर्न नहुने उनले बताए । अनेरास्ववियुको हालै सम्पन्न २३ औँ राष्ट्रिय महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गरेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।