देवदह । देवदहमा रहेको निर्माण बहुउद्देश्यीय सहकारी संस्थाले शेयरको निधनमा शोकसभा सम्पन्न गरेको छ । सहकारी शेयर सदस्य मोहनलाल भुसाल निधन भएको पाँचौँ दिनको तिथिमा सहकारीले शोकसभा सम्पन्न गरेको हो ।
साथै आफ्ना शेयर सदस्यको मृत्यु भएमा सहकारीले प्रदान गर्ने सहयोग रकम समेत सहकारीले मृतकका परिवारलाई हस्तान्तरण गरेको छ ।
शोकसभामा सहकारीका अध्यक्ष मोतिलाल ढकाल, ब्यवस्थापक सुशिला भण्डारी,
सल्लाहकार तुल्सीराम न्यौपाने, शेयर सदस्यहरु अमृत फुलेल, विष्णु जैसी, शोभा सारू लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology