देवदह । निर्माण बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी संस्थाको कार्यविधि निर्माणसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ ।
बिहीवार आयोजित कार्यशालामा सहकारीलाई आवश्यक ११ वटा कार्यविधिको निर्माण तथा संशोधनसम्बन्धी छलफल गरिएको संस्थाका अध्यक्ष मोतिलाल ढकालले जानकारी दिए ।
सहकारीका संचालक, सल्लाहकार, उपसमिति र कर्मचारी सहभागी कार्यशालामा राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेलबासेले सहजीकरण गरेका थिए ।
संस्थाकी व्यवस्थापक सुशिला भण्डारीका अनुसार कार्यशालामा सदस्यता, बचत, ऋण व्यवस्थापन, आर्थिक प्रशासन, मानव संसाधन व्यवस्थापन, निर्वाचन, सदस्य राहतकोष, जोखिम व्यवस्थापन, साधारणसभा सञ्चालन, बजार व्यवस्थापन, सम्मान–पुरस्कार तथा सामाजिक उत्तरदायित्वलगायतका कार्यविधिमाथि छलफल गर्दै निर्माण तथा संशोधनको प्रक्रिया अघि बढाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology