Logo

२०८३, श्रावण २७गते


images
images

सहकारीलाई बुटवल धागो कारखानामा लगानी गर्न प्रदेश योजना उपाध्यक्ष क्षेत्रीको आग्रह

सहकारीलाई बुटवल धागो कारखानामा लगानी गर्न प्रदेश योजना उपाध्यक्ष क्षेत्रीको आग्रह

images
  • सहकारीलाई बुटवल धागो कारखानामा लगानी गर्न प्रदेश योजना उपाध्यक्ष क्षेत्रीको आग्रह
    images
    images

    देवदह  । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले सहकारीलाई उत्पादनमा जोडिन आग्रह गरेका छन् । देवदहस्थित निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको नवौं साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष क्षेत्रीले सहकारीहरूलाई साना कृषि देखि बुटवल धागो कारखाना जस्ता ठुला उत्पादनमुलक उद्योगमा लगानी गर्न आग्रह गरेका हुन् ।

    images
    images
    images


    साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष क्षेत्रीले सहकारीहरूले अनुत्पादक क्षेत्रबाट ध्यान हटाएर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नैपर्ने बताए । उनले भने, "तपाईंहरू साना कृषिदेखि बुटवल धागो कारखाना जस्ता ठुला उद्योगमा लगानी गर्न तयार हुनुस् । देवदह जस्ता स्थानका सहकारीका सदस्यहरूले १०-१० हजार मात्रै लगानी गर्ने हो भने हामी हाल बन्द रहेको बुटवल धागो कारखाना संचालन गर्न सक्छौं । त्यो योजना हामीले बनाईरहेका छौँ ।"

    images
    images
    images

    received_699105984406628.jpeg
    भारतीय ब्राण्ड 'अमुल बटर' को उदाहरण दिंदै
    क्षेत्रीले छरिएको पुँजीलाई एकीकृत गर्न सके राम्रो ब्रान्ड बन्न समय नलाग्ने बताए । सम्बोधनका क्रममा बारम्बार बुटवल धागो कारखाना र सुनवल चिनिमिल संचालनमा सहकारी जोडिन सके उद्योग दिगो रुपमा चल्न सक्ने उत्पादनसंगै रोजागारीमा समेत वृद्धि हुनेमा क्षेत्रीले जोड दिएका थिए ।

    images
    images
    images


    औंलामा गन्न सकिने केही सहकारीमात्रै सहकारीको नियमावली अन्तर्गत चलेको र अधिकांश सहकारी नियमावली विपरितका आर्थिक गतिविधिमा संलग्न भएको उल्लेख गर्दै उपाध्यक्ष क्षेत्रीले कृषि सहकारीले समेत कृषिमा लगानी नगरेको बताए ।


    देवदह लगायत लुम्बिनी प्रदेशका कुनैपनि किसानलाई ऋण चाहिए पाँच बर्षकालागि बिना धितो र विना ब्याज १५ लाखसम्म रकम उपलब्ध गराईने बताउँदै उपाध्यक्ष क्षेत्रीले किसानको उत्पादन बिक्रीमा समेत कुनै पनि समस्या हुन नदिने जिकिर गरे ।


    निर्माण बहुउद्देश्यीय सहकारीले अर्गानिक कृषि र स्मार्ट कृषिमा लगानी गर्ने 

    सहकारीको साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष मोतिलाल ढकालले निर्माण बहुउद्देश्यीय सहकारी संस्थाले अर्गानिक र स्मार्ट कृषिमा लगानी गर्ने बताए । सहकारीले कृषि उत्पादनमा लगानी गर्दै आएको बताउँदै अध्यक्ष ढकालले उक्त लगानीलाई बढाउँदै जाने बताए ।

    received_1452800301788926.jpeg
    बार्षिक प्रतिबेदन पेश गर्दै अध्यक्ष ढकालले कोभिड प्रकोपकाविच पनि सहकारीले उल्लेख्य काम गरेको उल्लेख गर्दै देवदहको सरनबारी, मुढाबास, लडियाबास लगायतका क्षेत्रमा किसानलाई अर्गानिक खेतितर्फ उत्प्रेरित गरिएको बताए । 


    सहकारी आफैले समेत उत्पादनमा प्रत्यक्ष लगानी गर्ने योजना बनाईरहेको बताउँदै ढकालले देवदहको पाकडी क्षेत्रमा डेढ बिघाहा जग्गा लिजमा लिएर काम सुरु गर्ने तयारी गरिरहेको जानकारी दिए ।


    कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष तथा पदाधिकारी एवं विभिन्न सहकारीका अध्यक्षलाई सम्मान गरिएको थियो ।


    सहकारीका सचिव शुभचन्द्र भुसालको संचालन रहेको कार्यक्रममा देवदहमा क्रियाशिल विभिन्न सहकारीका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए  ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।