Logo

२०८३, श्रावण २७गते


images
images

निर्माण सहकारीका सदस्यहरुलाई प्राङ्गारीक मल बनाउने तालिम

निर्माण सहकारीका सदस्यहरुलाई प्राङ्गारीक मल बनाउने तालिम

images
  • निर्माण सहकारीका सदस्यहरुलाई प्राङ्गारीक मल बनाउने तालिम
    images
    images

    रुपन्देही । रुपन्देहीको देवदहमा प्राङ्गारीक मल (गँड्यौले मल) को उपयोग सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा १ दिने अभिमुखीकरण तालिम भएको हो ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै जिल्ला बहुउद्देश्यीय सहकारी संघ रुपन्देहीका सचिव यादव प्रसाद कोईरालाले सहकारीले सञ्चालन गरेका गतिविधिहरु जिल्लामा उदाहरणीय भएको बताए । उनले गँड्यौले मलको प्रयोगले माटोको उर्वराशक्तिमा बृद्धि हुने भएका कारण तालिम प्रभावकारी हुने उल्लेख गरे । 

    images
    images
    images

    ‘विषादीरहित तरकारी तथा अन्य कृषि बालि उत्पादन गर्न प्राङ्गारीक मल निकै उपयोगि हुन्छ ।’ उनले भने, ‘भान्छामा विषदीरहित तरकारी भित्रिएपछि परिवारका सदस्यहरुको स्वास्थ्य अवस्था समेत राम्रो हुन्छ ।’ उनले स्वस्थ परिवार र स्वस्थ किसान भएपछि आय आर्जनका लागि नयाँ संभावनाहरु समेत बढ्दै जाने बताए ।

    images
    images
    images

    कार्यक्रममा रेडियो देवदहका महासचिव दिपक न्यौपाने, संस्थाका कोषाध्यक्ष अमृत बहादुर फुल्लेल लगाएतले बोल्दै तालिममा सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न सहभागिहरुलाई सुझाव दिए ।

    नवलपरासी सुनवलका अगुवा कृषक हरी भण्डारीको सहजिकरणमा भएको तालिममा गँड्यौले मलको उपयोग र यसबाट हुने फाइदाबारे सहभागिहरुलाई जानकारी दिइएको थियो ।  कार्यक्रमले जैविक कृषि प्रणालीलाई प्रवद्र्धन गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ ।

    सहकारीका अध्यक्ष मोतिलाल ढकालको अध्यक्षता, उपाध्यक्ष सुन्दरी गिरीको स्वागत र सचिव केशर बहादुर पुनको सञ्चालनमा भएको कार्यक्रममा सहकारीमा आवद्ध ६० जना किसानहरुको सहभागिता रहेको व्यवस्थापक सुशिला भण्डारीले जानकारी दिईन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।