काठमाडौं । पुर्वमन्त्री समेत रहेका एमाले नेता गोकुल बाँस्कोटाले एमालेको माधव नेपाल समूहलाई 'मिल्ने भए आउँ नत्र बाक्लो दाल खाउँ' भन्दै व्यङ्ग्य गरेका छन् । सामाजिक संजाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले यस्तो बताएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि अन्तिम प्रयास गरेको बताउँदै बाँस्कोटाले सामाजिक संजाल ट्विटरमा लेखेका छन् - "अब के भने नि बस्नेलाई श्री सम्पत्ति जिम्मा जानेलाई दुई-तीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा ।"
उनले आफ्नै भएकोले माया लाग्ने पनि लाग्ने भन्दै राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काब्यमा जस्तै यी हाँसे पनि रोए पनि बुढा (ओली) लाई पीरै पीरमा राख्ने भए भनेका छन् ।
यो अन्तिम प्रयास भनेको भावसहित उनले लेखेका छन् - "लास्ट प्रयास! पारिवारिक मिलनको नत्र बाक्लो दाल खाउ ।"
एकताकाे प्रयास भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति विज्ञप्ती जारी गर्दै आफू एकताकै पक्षमा रहेकाे बताएका थिए । तर, माधव पक्षले भने ओलीले इमानदार प्रयास नगरेको र जालझेल कै रुपमा विज्ञप्ति आएको बताउँदै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology