Logo

२०८३, आश्विन ९गते


images
images

ओलीको प्रतिवेदन पारित, आज सचिवालयपछि केन्द्रीय कमिटी बैठक बस्ने

ओलीको प्रतिवेदन पारित, आज सचिवालयपछि केन्द्रीय कमिटी बैठक बस्ने

images
  • ओलीको प्रतिवेदन पारित, आज सचिवालयपछि केन्द्रीय कमिटी बैठक बस्ने
    images
    images

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको जारी बैठक आज पनि बस्दैछ ।

    images
    images
    images

    बैठक आज अपराहन्न १२: ३० बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । 

    images
    images
    images

    केन्द्रीय कमिटीको बैठकअघि पार्टी केन्द्रीय सचिवालयको बैठक बिहान १० बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

    images
    images
    images

    एमाले केन्द्रीय कमिटीको बैठक आज तेस्रो दिन बुधबार पनि भनिमण्डलस्थित रामबाग भवनमा बसेको थियो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

    यसअघि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा र सुझावका विषयमा स्पष्ट पारेका थिए ।

    सोमबारदेखि शुरु भएको बैठकमा पार्टी सचिवालयका सदस्य, पदाधिकारी, आयोगका अध्यक्ष तथा केन्द्रीय कमिटीका सदस्यहरूले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।