Logo

२०८३, आश्विन ११गते


images
images

एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ?

एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ?

images
  • एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ?
    images
    images

    काठमाडौं । नेकपा एमालेले पार्टीको नेता–कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भर्त्सना गरेको छ।

    images
    images
    images

    शुक्रबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकको निर्णय सुनाउँदै सचिव लेखराज भट्टले नियोजित साइबर आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको जानकारी दिए ।

    images
    images
    images

    उनले भने,‘ नेता–कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ। साथै नियोजित आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ ।’

    images
    images
    images

    त्यस्तै एमालेले वर्तमान सरकारको विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रविन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ । सरकारलाई अभिलम्ब यस निर्णयबाट पछाडी हट्न ध्यानाकर्षण समेत गराएको छ । ‘वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको एमालेले कडा शब्दमा विरोध गरेको छ। पार्टीले उक्त निर्णयबाट तत्काल पछि हट्न सरकारको ध्यानाकर्षण गराएको छ,’उनले भने ।

    त्यस्तै बैठकले बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको हो ।  एमालेले यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। 

    त्यस्तै एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले संसदमा दिएको अभिव्यक्तिबारे सचिवालय बैठकमा गम्भीर छलफल भएको जनाएको छ । संसदीय दलका नेताले अभिव्यक्ति गरेका कतिपय अभिव्यक्तिप्रति स्पष्ट पार्दै एमालेले सुरक्षा निकाय र निजामती प्रशासनसँग मित्रवत् सम्बन्ध रहेको बताएको छ।

    सचिवालय बैठकको निर्णयमा भनिएको छ- 'संसदीय दलका नेताले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो। मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने छ ।'

    बैठकले संसदीय दलका नेता चयनमा पनि लोकतान्त्रिक विधि अपनाइएको स्पष्ट पारेको छ । दलको नेता छान्न कुनै पनि प्रकारको निर्देशन वा नियन्त्रण नभएको एमालेले जनाएको छ । 'दल नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको हो । निर्वाचन समितिले निर्धारित प्रक्रिया पूरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। यो बैठक उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप भएको थिएन,' निर्णयमा भनिएको छ ।  लोकतान्त्रिक विधिबाट तय भएको निर्णयलाई सम्मान गर्न र सार्वजनिकरूपमा अन्यथा टिप्पणी वा गतिविधि नगर्न एमालेले अपीलसमेत गरेको छ ।

    बिहीबार बसेको संसद बैठकमा एमाले संसदीय दलका नेता बादलले नेपाली सेना, व्युरोक्रेसी, सुशीला कार्कीको सरकार, कार्की आयोग र बारबरा फाउण्डेशनमाथि गम्भीर आरोप लगाएपछि एमाले नेताहरुले त्यसको विरोध गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।