Logo

२०८३, आश्विन १०गते


images
images

२६ वर्षपछि पुर्णता पाउँदै थाेर्गाकाे फलाँटे-स्यालपाेखरी सडक

२६ वर्षपछि पुर्णता पाउँदै थाेर्गाकाे फलाँटे-स्यालपाेखरी सडक

images
  • सेतोमसी सहकर्मी
  • २६ वर्षपछि पुर्णता पाउँदै थाेर्गाकाे फलाँटे-स्यालपाेखरी सडक
    images
    images

    गुल्मी  । रुरुक्षेत्र गाउँपालिका वडा न ३ काे फलाँटे बाट स्यालपाेखरी जाेड्ने माेटरबाटाेकाे कुरा गर्दा केही मान्छेहरुले नाक खुम्च्याउँछन तर यहि सडक अब छिट्टै कालाेपत्रे हुनेगरी काम शुरु भएकाे छ । जब समय आउँछ विकासले गति लिन्छ, यहि भएकाे छ याे सडकमा । 

    images
    images
    images

    ट्र्याक खाेलिएकाे करिब २६ वर्ष पछि याे सडकले अब केही महिनामा पुर्णता पाउने भएकाे छ । बिक्रम सम्वत २०५४ सालमा थाेर्गाका नेता स्वर्गीय चतुर्भुज ज्ञवालीकाे पहलमा तत्कालीन राष्ट्रिय सभा सदस्य सिद्धिनाथ ज्ञवालीकाे सँसद विकास काेषकाे चालिस हजार रकमबाट याे सडककाे ट्र्याक खाेलिएकाे सम्झना गर्छन रुरुक्षेत्र ३ स्यालपाेखरीका यज्ञमुर्ति ज्ञवाली । त्यसपछि याे सडकप्रति कुनै राजनीतिक नेताकाे आँखा परेन । तर विभिन्न तहमा रहेका कर्मचारीहरुले याे सडक बिर्सेनन ।

    images
    images
    images

    उनै चतुर्भुज ज्ञवालीका छाेरा प्रकाश ज्ञवाली र कैलाश ज्ञवालीकाे पहलमा जिल्ला विकास समितिका ईन्जिनियर मेघराज ज्ञवालीकाे पहलमा २ लाख, स्थानीय रामचन्द्र ज्ञवाली र कृष्ण ज्ञवालीकाे पहलमा नेपाल सरकारका तत्कालीन  सचिव कृष्ण ज्ञवालीकाे पहलमा २ लाखले सडकलाई केही चौडा बनाउने काम भयाे र साेहि अबधिमा याे क्षेत्रका कर्मविर र  विकास प्रेमी कर्मचारी नवराज पन्थीले तीन वर्षे याेजनाका लागि २४ लाख बजेट बिनियाेजन गरिदिए पनि ८ लाखकाे मात्र काम भयाे र अरुकाम अगाडि बढेन ।

    images
    images
    images

    पहुँच नहुँदा उपेक्षित बनेकाे याे सडकले २६ वर्ष पछि अर्थमन्त्रालयमा कार्यरत उनै नवराज पन्थीले गाउँलाई बिर्सेनन र तीन कराेड पचास लाख बजेट बिनियाेजन गरेसँगै स्ताराेन्नतिकाे काम जाेड ताेडले शुरु भएकाे छ । 

    एक साता अघि स्यालपाेखरी क्षेत्रबाट एउटा स्क्याभेटर र फलाँटे क्षेत्रबाट अर्काे स्क्याभेटर लगाएर राजेश्वरी कन्ट्रक्सनका सहायक कन्ट्रयाक्टर आईसा एण्ड आरती र प्राेलाएन कन्ट्रक्सनले काम शुरु गरेपछि सडक निर्माणकाे कामलाई लाम लागेर हेर्ने तल्लाे थाेर्गेलीहरुकाे भिड लाग्याे ।

    तानसेन रिडी तम्घास माेटरबाटाेबाट तल्लो थाेर्गा छिर्ने सबैभन्दा सजिलो लाईफलाईनकाे रुपमा रहेकाे याे सडकले राजमार्ग सँग रुरुक्षेत्र ३ काे ठाँटि, स्यालपाेखरी, फल्लेखर्क गौतमटाेल, जामने, फेक्लदि, चाउके, माझगाउँ, डेउलडाँडा खाेरबारी पाेखरा, रुरुक्षेत्र १ च्यूरेककाे जाउनपाटा, पैरा, नेटाई पाेखरी ठुलापाेखरा, ठाडाबाटा सम्मकाे क्षेत्रलाई प्रत्यक्ष लाभ दिने कुरामा दुईमत छैन । 

    हामीले गुणस्तरीय सडक जनतालाई तीन महिनामा हस्तान्तरण गर्ने छौँ आईसा एण्ड आरती कन्ट्रक्सनका प्राेपाईटर उत्तम क्षत्रीले प्रतिबद्धता व्यक्त गरे । याे सडकलाई सातमिटर चौडा बनाउने ,साढेपाँच मिटर कालाेपत्रे गर्ने नाली बनाउने कार्य गर्ने सँगै ग्याभिँग ,मशिनरि र वेसवालकाे निर्माण गर्दै उच्च क्वालिटिकाे सडक समुदाय लाई हस्तान्तरण गर्नेगरी हाम्रो काम भईरहेकाे प्राेलाएन कन्ट्रक्सनका प्राेपाईटर पुरुषाेत्तम पौडेलकाे भनाई छ । गुणस्तरीयतामा कुनै खाेट लाउन नपर्ने गरि सडककाे रेखदेखलाई प्राथमिकता राखेको प्राेलाएन कन्ट्रक्सनका सुपरवाईजर हरिशरण पौडेलले भने ।

    त्यसाे त याे सडक निर्माण कार्य शुरु भइसकेपछि नागरिक अनुगमन अत्यधिक छ।  स्थानीय  जन प्रतिनिधी,  पत्रकारहरुकाे प्रत्यक्ष अनुगमन दैनिक हुने गरेकाे छ । हाम्राे अनुगमन दवाव सिर्जना गर्न केन्द्रित छैन मात्र हामीलाई हाम्रो क्षेत्रमा बन्ने सडक दिर्घकाल सम्म टिक्ने बनाेस भन्ने हाे रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडासदस्य घनस्याम ज्ञवालीले भने । 

    याे सडक यस्तो बस्तिबाट अगाडि बढ्छ जहाँ दलित र आदिवासी जनजातिहरुकाे चिरतुम ,ठाँटी भन्ने बाक्लो बस्ति छ । विकासकाे मुलधारबाट पछि परेका याे क्षेत्रका आम नागरिकका लागि याे सडकले दुरगामी प्रभाव पार्छ र बसाइँसराइ लाई राेक्न मद्धत गर्दछ ।फलाँटे स्यालपाेखरी सडक बन्न थालेपछि वास्तवमै तल्लो क्षेत्रका थाेर्गेलीहरुकाे खुशिले हाड हाँसेकाे छ, सँगै यतिबेला याे सडकलाई स्यालपाेखरी ल्याउन पहल गर्ने स्वर्गीय चतुर्भुज ज्ञवालीकाे सपना साकार भएकाे छ भने सडकमा ऐथेष्ट बजेट हालेर गाउँलाई नविर्सेकाे मा राष्ट्रसेवक कर्मचारी नवराज पन्थी प्रति सिँगाे गाउँले कृतज्ञता व्यक्त गरेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।