गुल्मी । रुरुधाममा माघेसक्रान्ति मेला लाग्न दुईदिन मात्र बाँकि रहँदा आयाेजक रुरुफ्रेण्ड्स क्लब र एफ सि क्लबका सदस्य र पदाधिकारीहरु मेलाकाे तयारीमा जाेडताेडले जुटेका छन । गुल्मी तर्फकाे रिडीखाेला किनार र रुरुखेल मैदानमा व्यापारीक स्टल र बालउधान बनाउने काम करिब सकिएकाे छ भने व्यापारी हरुका लागि स्टल बुकिङ भईसकेकाे रुरु फ्रेण्डस क्लवका काेषाध्यक्ष चाम बहादुर गाहाले बताए ।
अहिलेसम्म बाहिर र भित्र गरि करिब ९५ भन्दा बढि स्टलहरु बुकिङ भएकाे गाहाकाे भनाई छ । यसैगरी खेल मैदान भित्र कृषि मेला प्रदर्शनीका लागि स्टल तयार गरिएकाे छ र याे स्टलमा याे क्षेत्रमा उत्पादित कृषि उत्पादन लाई अवलाेकन गर्न पाईने छ ।
यसैगरी रिडी आउने तिर्थयात्रीहरुका लागि नुहाउने घाटकाे व्यवस्थापन गरिएकाे छ मुख्य रुपमा घाटक्षेत्रकाे फाेहरमैलालाईकाे सरसफाइ गर्दै स्वच्छ र कन्चन कालीगण्डकीकाे तटमा तिर्थालु हरुले नुहाउन सकुन भनेर सरसफाइ गरिएकाे आयाेजक एफ सि क्लवका अध्यक्ष प्रायाश्चित कसजुले बताए ।
याे वर्ष डाेल्पा बाग्लुङ राेल्पा क्षेत्रबाट राडि पाखि घाँजि डाेका ठेका सुपाका व्यापारीहरु अत्यधिक आउने र केही आईसक्न थालेकाेले उनिहरुलाई खाना पकाउन र जाडाेमा आगाे ताप्न दाउराकाे व्यवस्थापन रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विककाे पहलमा उपलब्ध गराईने भएकाे र आगामी वर्षका लागि पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता वडाध्यक्ष विकबाट भएकाे रुरु फ्रेण्डस क्लबका सचिव प्रेम भण्डारीले दिए ।
खेल मैदान क्षेत्रमा बृहत् साँस्कृतिक कार्यक्रमका लागि स्टेज निर्माण गरिएकाे छ भने राष्ट्रिय र स्थानीय कलाकार हरुकाे बेजाेड प्रस्तुति रहने छ भने हाँस्यब्यँग र दमदार नृत्य हरुपनि प्रदर्शन गरिने रुरु फ्रेण्डस क्लबका अध्यक्ष शाेभित थापाले जानकारी दिए । रुरुधाममा कृयाशिल रुरुफ्रेण्डस क्लब र एफ सि क्लबकाे सँयुक्त आयाेजनामा हुने याे महाेत्सव सभ्य भव्य मर्यादित र पारदर्शी रुपमा सन्चालन गर्न साेहि अनुसार व्यवस्थापन गरिएकाे छ । आयाेजक हरुले माघ १ देखि ६ गते सम्म रिडीबजारमा मेलाकाे अवलाेकन गर्न आम नागरिक लाई आह्वान गरेकाे छ र याे पटक मेलाका लागि प्रवेश शुल्क निशुल्क बनाईएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology