Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्र गाउँपालिकाको १३ औँ गाउँ अधिवेशन सम्पन्न

रुरुक्षेत्र गाउँपालिकाको १३ औँ गाउँ अधिवेशन सम्पन्न

images
  • रुरुक्षेत्र गाउँपालिकाको १३ औँ  गाउँ अधिवेशन सम्पन्न
    images
    images


    गुल्मी ।  रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाको  १३ औँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनबाट  गाउँपालिकाकाे नगर प्रहरी सम्बन्धि ऐन २०७९,  गाउँपालिकाकाे साझेदारी कार्यक्रम सन्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन २०७९ सँगै रुरुक्षेत्र गाउँपालिकाकाे सँसाेधित बजेट विनियोजन सर्वसम्मत  पारित गरिएको छ।

    images
    images
    images

    गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष मिना गौतमले बिनियाेजित बजेट प्रस्तुत गरेकि थिइन् भने  गाउँ कार्यपालिका सदस्य दुर्गा घायलले  नगरप्रहरी सम्बन्धि ऐन २०७९ र रुरुक्षेत्र गाउँपालिका साझेदारी सन्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन २०७९ लाई प्रस्तुत गरेका थिए।

    images
    images
    images

    प्रस्तुत गरिएका विषयवस्तुहरु माथि गाउँपालिकाका सभासद हरुबिच समान्य छलफल भएपछि सर्वसम्मत  पारित भएको छ ।
     
    गाउँपालिकाकाे नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउने, गाउँपालिकाकाे सम्पत्ति  सुरक्षा र सँरक्षण गर्ने लगाएतका ३६ बुँदामा समेटिएका कामकर्तव्य र अधिकार रहने गरि नगर प्रहरी सम्बन्धि ऐन २०७९ गाउँ सभाबाट पारित गरिएकाे छ ।   
      
     निजि  तथा गैर सरकारी क्षेत्र सँगकाे साझेदारीमा शिक्षा ,स्वास्थ्य ,कृषि, पशुविकास, राेजगारी आयआर्जनकाे अवसर, पुर्वाधार निर्माण लगाएतका क्षेत्रमा साझेदारीकाे माध्यमबाट सर्वसाधारणलाई सर्वशुलभ रुपमा सेवा उपलब्ध गराउन रुरुक्षेत्र गाउँपालिकाले याे ऐन बनाएकाे उल्लेख गरिएको छ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले योजनाहरु निर्माण गर्दा लक्षित समुदायलाई ख्याल गर्दै दिगो हुनेगरी ध्यानमा राख्नुपर्ने  बताउँदै सबैले आफ्नो ठाउँबाट सक्ने भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

    बिनियोजित बजेटलाई ठिक ठाउँमा सदुपयोग गरेर समयमै सम्पन्न गर्नुपर्ने बताउँदै उनले विकास निर्माणका कामहरुमा सबै प्रतिनिधिहरु चनाखो भएर गुणस्तरमा सूक्ष्म निगरानी गर्नुपर्ने बताए। सबैको साझा प्रयासबाट मात्रै विगतमा हुने गरेका र भोलिका दिनमा हुन सक्ने अनियमिततालाई रोक्न सकिने बताउँदै उनले सबैको ध्यानाकर्षण गराएका छन् ।
     
    गाउँसभामा रुरुक्षेत्र गाउँ पालिकाका वडाध्यक्ष, वडासदस्य कार्यपालिका सदस्य कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेकाे थियाे । गाउँ सभामा कार्यपालिका सदस्य समेत रहेका वडा न ३ का वडाध्यक्ष शेषनारायण पौडेलले धन्यवाद ज्ञापन गरेका थिए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।