काठमाडौं चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ ।
८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं-बेइजिङ-काठमाडी मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ। सो विमानले आज मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपुऱ्याउनेछ
त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत कमश मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार तीन खेपमा चीनबाट भैरोसिल खोप नेपाल ल्याइन तयारी भएको हो । जसको प्राथमिकतामा ज्येष्ठ नागरिक परेका छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार उच्च जोखिम समूहमा रहेकालाई बीप उपलब्ध गराइनेछ ।
खोप आएलगत्तै कुन समूहलाई लगाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्नेछ,' उनले भने, 'सम्भवतः ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने सम्भावना बढी रहन्छ खोप थप सुनिश्चितता भए ठूलो संख्यामा लगाउन सकिनेछ ।
डा. पोखरेलका अनुसार संक्रमण जोखिम हेरेर ठाउं विशेषमा खोप लगाउन सकिने र राष्ट्रिय खोप कार्ययोजनाअनुसार अभियान अघि बढ्नेछ ।
खोप उपलब्धता आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये 'कसलाई पहिले दिने भन्ने तय गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६५ वर्षमाथि ९ लाख बढी र भन्डै सा १९१४ लाख ज्येष्ठ नागरिक दोसी मात्रा खोपको पखाईमा छन् ।
त्यस्तै, अर्थ मन्त्रालयका अनुसार कांभिङ रोकथाम, नियन्त्रण र उपचारकममा पछिल्लोपटक ३३ लाख ६३ हजार ४ सय ५४ थान विभिन्न मेडिकल उपकरण र औषधि खरिद गरिएको छ। २५ हजार ५ सय ५२ केजी संनिटाइजर ८ सय ७० केजी कांभिड टेस्ट किट र ६ हजार भायल्स रम्डिसिभर खरिद गरेर ल्याइएको छ।
राजधानी दैनिकमा प्रकाशित समाचार
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology