काठमाडौं । रौतहटको गौर अस्पतालका कोभिडका बिरामीले अक्सिजन नपाएको गुनासो बढेपछि रौतहट पहले बजारका पसलबाट १ सय ३८ ग्यास सिलिन्डर बरामद गरेको छ। प्रहरीले शनिबार र आइतबार बजारका विभिन्न पसलबाट १ सय ३८ वटा ग्यासको सिलिन्डर बरामद गरेको हो ।
स्वस्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले स्टक गरी राखेको ७ किलो तौल भएको २८ वटा, १.५ किलो तौल भएका ३ वटा र बाली अक्सिजन ७ किलो तौल भएको १२ बटा समेत गरी जम्मा ४३ वटा र अन्य गरी १ सय ३८ वटा अक्सिजन सिलिन्डर ग्यास बरामद गरेको रौतहटका पहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।
जिल्लाको गरुडा, गौर र चन्द्रपुर गरी ७ स्थानबाट नियन्त्रणमा लिई स्वास्थ प्रयोजनमा प्रयोग गर्ने गराउने तर्फ आवश्यक कारबाही भइरहेको र स्टक गर्ने व्यक्तिलाई आवश्यक कारबाहीको लागि थप अनुसन्धान भइरहेको समेत प्रमुख शाहले बताएका छन्।
गौर अस्पतालमा १६ जना कांभिड सक्रमित बिरामी उपचार भइरहेको छ । दोस्रो चरणको हालसम्म रौतहटमा ३ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ भने २ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् । शनिबारसम्म रौतहटमा दोस्रो चरणको कोभिडको कारण १४ जनाले ज्यान गुमाइसकेका छन् । रौतहटको विभिन्न ३ ठाउमा गरी ७१ बेडको अस्थायी कोरोना अस्पताल स्थापना गरिएको छ। आजको राजधानी दैनिकमा समाचार छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology