Logo

२०८३, श्रावण २७गते


images
images

पोखरा २८ ले वडाको विकासका लागी विज्ञ तथा सरोकारवालाहरुसँग माग्यो सल्लाह तथा सुझाव

पोखरा २८ ले वडाको विकासका लागी विज्ञ तथा सरोकारवालाहरुसँग माग्यो सल्लाह तथा सुझाव

images
  • पोखरा २८ ले वडाको विकासका लागी विज्ञ तथा सरोकारवालाहरुसँग माग्यो सल्लाह तथा सुझाव
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका २८ ले वडाको समग्र विकासको खाका निर्माणको लागी वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझावहरु लिएको छ ।
    कार्यक्रममा पोखरा महानगरपालिकाका निर्वतमान मेयर मान वहादुर जिसीले ऋषि तथा तपोभुमि रहेको यस ठाँउको विकास निर्माण गर्न सवै उकजुट भएर लाग्नुपर्ने बताउदै पोखरा महानगरपालिका २८ ले विकासको खाका निर्माणको लागी वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझाव मागेर राम्रो काम गरेको बताए । नेपाली काग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसीले पोखरा २८ को विकासको लागी कुनै दल,पार्टी नभनी वडालाई सवैले सयोग गर्न आग्रह गर्दे हिजो भएका विकास निर्माणका कार्यहरलाई निरन्तरता दिनुपर्ने बताए । पोखरा महानगरपालिका २८ का निर्वतमान वडा अध्यक्ष निर्मल दियालीले विकाससँग जोडिएर विकटलाई विकाससँग जोडनुपर्ने बताउदै आफु हाल वडाअध्यक्ष नरहेतापनि महानगरपालिकाको कार्यपालिका सदस्य तथा महानगरपालिकाको महत्वपुर्ण समितिमा रहेकोले वडाको विकासको लागी आफुले गर्नुेपर्ने कर्तब्य निभाउने प्रतिबद्दता प्रकट गरे । बुद्धीजिवी तथा महानगरपालिकाका सल्लाहकार हरि प्रसाद त्रिपाठीले भेलमा वडाका गहन विषयमा छलफल भएको बताउदै वडाको पर्यटन प्रवद्धन,शिक्षा स्वाथ्य,खानेपानी लगाएत सवै विकास निर्माणमा सवैले आफ्नो आफ्नो ठाँउबाट सयोग गर्न आग्रह गरे । डा. शान्ता कुमारी खत्री पौडेलले वडाले पहिलो पटक वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझाव मागेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा पनि वडालाई आवश्यक सल्लाह तथा सुझाव लिन आग्रह गरीन ।

    images
    images
    images

    कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले वडाका सम्पुर्ण विज्ञ तथा सरोकारवालाहरुको सल्लाह तथा सुझाव अनुसार आफुले वडाको आगामी कामहरु गर्न चाहेको बताउदै यो ५ वर्षको लागी मात्र नभएर कम्तीमा १५ वर्षसम्मको कार्य योजना बनाएर काम गर्न चाहेको बताए ।
    माधव ढकालले सन्चालन गरेको कार्यक्रममा वडा सदस्य डाल्लादेवी भुजेलले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रममा भुमि विज्ञ ऋषिराम लामिछाने,भुगोलविद नरेश पौडेल,डा.निर्मल लामिछाने,सुर्य भण्डारी,बैन वहादुर गुरुङ,सुर्य तिवारी,शुक्रराज अधिकारी,शकंर पौडेल, मोहन गुरुङ,लगाएत विभिन्न व्यक्तीहरुले सल्लाह तथा सुझावहरु दिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।