Logo

२०८३, आश्विन ११गते


images
images

बाढी–पहिरो

बाढी–पहिरोले देशभरका दर्जनौँ राजमार्ग अवरुद्ध

बाढी–पहिरोले देशभरका दर्जनौँ राजमार्ग अवरुद्ध

images
  • बाढी–पहिरोले देशभरका दर्जनौँ राजमार्ग अवरुद्ध
    images
    images

    काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडकमा लेदो र ढुंगा खस्दा देशका विभिन्न जिल्लाका दर्जनौँ सडकखण्ड अवरुद्ध भएका छन् ।

    images
    images
    images

    आइतबार बिहान ७ बजेसम्मको विवरणअनुसार अधिकांश सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडक एकतर्फी सञ्चालनमा आएका छन् । उपलब्ध विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मुख्य सडक प्रभावित भएका छन् ।

    images
    images
    images

    कोशी प्रदेश

    images
    images
    images

    सोलुखुम्बुमा जिल्लाभित्र पर्ने सिद्धिचरण लोकमार्गसहित अन्य भित्री सडक बाढी-पहिरोको जोखिममा छन् । भोजपुरमा जिल्लाभित्र पर्ने मध्यपहाडी लोकमार्गसहितका सम्पूर्ण भित्री सडक प्रभावित छन् । इलाममा जिल्लाका सम्पूर्ण बाटोमा आवागमन प्रभावित भएको छ। मेची राजमार्ग तथा मेची करिडोरअन्तर्गतका सडकमा समेत सवारी आवागमन बन्द गरिएको छ । खोटाङमा मध्यपहाडी लोकमार्ग र मध्यपहाडी सडकखण्ड पहिरोका कारण प्रभावित छन् । हलेसीतुवाचुङ नगरपालिका-१ कदुवास्थित मध्यपहाडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । उदयपुरको कटारी-घुर्मी क्षेत्रमा कटारी-घुर्मी (सिद्धिचरण लोकमार्ग) प्रभावित भएको छ । पाँचथरमा तुम्बेवा गाउँपालिका-२ नावाखोला क्षेत्रमा तमोर-कोरिडोर बाढीका कारण अवरुद्ध छ भने याङवरक गाउँपालिका-२ दोभाने खोलास्थित मध्यपहाडी लोकमार्गमा पहिरो गएको छ ।

    बागमती प्रदेश

    ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडाको पाण्डुर र ऐँसे टाकुर्चे तथा बागमती गाउँपालिका-३ टाकुर्चेमा कान्तिलोकपथ सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । काभ्रेमा बीपी राजमार्गका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम रहेको छ । रसुवामा मुख्य राजमार्ग सबै बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा-छहरे सडकखण्ड र विदुर नगरपालिका-१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड प्रभावित छन् ।

    धादिङमा धादिङ जिल्ला आसपासको पृथ्वी लोकमार्ग पहिरोका कारण प्रभावित छ। बेनीघाट रोराङ गाउँपालिका, कृष्णभीर, टिङ्ग्राङखानी, जोगीघाट तथा गजुरी गाउँपालिका क्षेत्रमा पनि पहिरो गएको छ । पृथ्वी राजमार्गको उक्त खण्ड केही स्थानमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कान्तिराजमार्ग तथा भैँसे-भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जाने सडकखण्ड प्रभावित छ। इन्द्रसरोवर गाउँपालिका-८ महालक्ष्मी खोलानजिकको सडकमा पहिरो गएको छ । यसका कारण हेटौँडा, भैँसे, भीमफेदी, फाखेल र काठमाडौं जोड्ने सडकखण्ड प्रभावित भएको छ । सिन्धुलीमा बीपी राजमार्गका विभिन्न खण्ड बाढी-पहिरोको जोखिममा छन् । दोलखाको गोलन्जोर गाउँपालिका-१ कुडुले क्षेत्रमा मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । सिन्धुपाल्चोकमा जिल्लाभरिका सडकखण्ड बाढी-पहिरोका कारण प्रभावित छन् । चितवनमा जिल्ला आसपासका क्षेत्रमा नारायणगढ-मुग्लिन सडकखण्ड प्रभावित भएको  छ।

    गण्डकी प्रदेश

    मनाङमा बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक तथा लमजुङको सीमादेखि खाङसारसम्मको सडक राति सञ्चालनमा रोक लगाइएको छ। नासो गाउँपालिका-३ खोत्रो क्षेत्रमा चामे-बेँसीसहर सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध छ । कास्कीमा ग्रामीण भेगका सम्पूर्ण सवारीसाधन आवागमन प्रभावित छन् । मुस्ताङमा जिल्लाभित्रका सम्पूर्ण सवारीसाधन प्रभावित छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ कालीगण्डकी क्षेत्रमा जोमसोम-कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । पर्वतमा पोखरा-बागलुङ मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत जिल्लाभित्र पर्ने करिब ३५ किलोमिटर सडकखण्ड बाढी-पहिरोको जोखिममा छ । म्याग्दीमा जिल्लाभरका सवारीसाधन प्रभावित छन्। रघुगंगा गाउँपालिका-२ बेगसी तथा अन्नपूर्ण गाउँपालिका-३ सुकेबगर क्षेत्रमा बेनी-जोमसोम सडकखण्ड अवरुद्ध छ । नवलपरासी पूर्वमा जिल्लाभरका सवारीसाधन प्रभावित छन् ।

    बागलुङको निसीखोला गाउँपालिका-४ कानाबगरमा मध्यपहाडी लोकमार्ग तथा जैमिनी नगरपालिका-८ बेलबगरमा कालीगण्डकी करिडोर अवरुद्ध छ । तनहुँको व्यास नगरपालिका-१३ घाँसीकुवा र म्याग्दे गाउँपालिका-६ मोरीभीर क्षेत्रमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

    लुम्बिनी प्रदेश

    रोल्पाको रोल्पा नगरपालिका-९ माडीचौरमा मदन भण्डारी राजमार्ग अवरुद्ध छ । माडी गाउँपालिका-३ गजरे क्षेत्रमा घोराही-थवाङ-रुकुम शहीदमार्ग सडकखण्डमा पनि पहिरो गएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ रिपामा गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ स्यालबिसौना क्षेत्रमा मदन भण्डारी राजमार्ग, चन्द्रकोट गाउँपालिका-९ सिर्सेनीभीरमा रिडी-भुवनपाटीबजार सडकखण्ड तथा कालीगण्डकी गाउँपालिका-२ राक्सेमा कालीगण्डकी करिडोर अवरुद्ध छ । दाङमा तुलसीपुर-घोराही सडकखण्ड अवरुद्ध छ। जिल्लाका विभिन्न स्थानबाट राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट सडकखण्ड, भालुवाङ-चकचके सडकखण्ड तथा घोराही-होलेरी सडकखण्ड समेत प्रभावित भएको विवरणमा उल्लेख छ । पाल्पाको रामपुर नगरपालिका-१ कासिबन क्षेत्रमा कालीगण्डकी करिडोर र माथागढी गाउँपालिका-१ अगाहाखोलानजिक सिद्धार्थ राजमार्ग पहिरो तथा अविरल वर्षाका कारण अवरुद्ध छ ।

    कर्णाली प्रदेश

    कालिकोटको शुभकालिका गाउँपालिका-१ मा कर्णाली राजमार्ग सडकखण्ड अवरुद्ध छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी–पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।