Logo

२०८३, आश्विन १०गते


images
images

खाद्य  गुणस्तर कायम राख्ने प्रतिबद्धता

खाद्य  गुणस्तर कायम राख्ने प्रतिबद्धता

images
  • सेतोमसी सहकर्मी
  • खाद्य  गुणस्तर कायम राख्ने प्रतिबद्धता
    images
    images

    कृष्ण अन्जान, गुल्मी  । खाद्य  पदार्थमा  बढ्दाे प्रदुषण प्रति सचेतना जगाउन बिहिबार रिडी बजारमा सराेकारवालाहरुलाई जम्मा पारेर सचेतना कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण   डिभिजन कार्यालय  पाल्पाले आयाेजना गरेकाे याे सचेतना कार्यक्रमकाे सँयाेजन र सराेकार वालालाई जमघट पार्ने काम रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ ले गरेकाे थियाे । 

    images
    images
    images

    सचेतना कार्यक्रममा आफ्नो धारणा राख्दै वडा अध्यक्ष नवराज विकले सचेतना कार्यक्रमलाई समुदाय र जनस्तरमा पुर्याउन सके अझै प्रभावकारी हुने  बताए । वडाध्यक्ष विकले खाद्य गुणस्तरलाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

    images
    images
    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण   डिभिजन कार्यालय पाल्पाका  प्रमुख नरेश  श्रेष्ठले खाद्य सामाग्रीहरुमा लेवलको प्रयोग गर्नु पर्ने, म्याद गुज्रिएका सामाग्रीलाई  तत्काल पसलबाट हटाउनु पर्ने, केमिकल मिसावट  खाने कुरा  निर्माण  गर्न निषेध  गरिनु पर्ने बताउँदै  चिया तथा खानेकुरालाई  प्लास्टिकजन्य  गिलास र अन्य प्लास्टिकका प्लेटमा  प्रयोग नगर्न सल्लाह दिए ।

    images
    images
    images

    सचेतना कार्यक्रममा डिभिजन कार्यालयका प्राविधिक सहायक सराेज खनालले हाेटल व्यवसायमा स्वच्छता आवस्यक भएकाे र हाेटलमा खाद्य सामाग्री तथा मासुजन्य पदार्थ लाई राम्ररी ढाकेर फ्रिजमा राख्न सल्लाह दिए ।

    कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न १ का सराेकारवाला, संघसंस्था, हाेटल व्यवसायी, जनप्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे । सचेतना कार्यक्रमकाे सन्चालन तथा अध्यक्षता  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।