दिपेन्द्र खत्री, अर्घाखाँची। जिल्लाकाे मालारानी गाउँपालिका वडा नंबर २ मा रहेकाे स्मार्ट युवा क्लबले महामारीमा राहत वितरण गरेको छ । पहिलाे चरणको वडा भित्रका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको हाे ।
स्मार्ट युवा क्लबले उनीहरूलाई आ–आफ्नै मापदण्ड बनाएर राहत दिएका हुन् । ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर राहत वितरण गरिएको क्लबका अध्यक्ष प्रदिप गाैतमले जानकारी दिए।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँची निषेधाज्ञा जारी गरेपछि समस्यामा रहेका गरीब तथा अति बिपन्न १० घर परीवारलाई क्लबले राहत बितरण गरेको हो ।
स्मार्ट युवा क्लब अध्यक्ष प्रदिप गाैतमकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रमले वडा भित्र रहेका गरीब तथा अति बिपन्न १० घर परीवारलाई एक कट्टा चामल, एक लिटर तेल, एक प्याकेट नुन, २ केजी काे दरले दाल र स्वास्थ्य सामाग्री बितरण गरीएको क्लबका सचिव सन्ताेष बरालले जानकारी दिए ।
कार्यक्रम प्रभावकारी रुपमा समापन भएपनि वडाका जनप्रतिनिधि,समाजसेवी,बुद्धिजीवी हरुलाई राहत वितरण कार्यक्रममा सहयाेग गर्न क्लबले आह्वान गरेकाे र राहत वितरण कार्यक्रममा कुनै पनि संघ संस्था, समाजसेवी, जनप्रतिनिधि ,बुद्धिजीवी हरुले सहयाेग नगरेकाेले क्लबका अध्यक्ष द्वारा दुख व्यक्त गरे ।
यस अघि पनि क्लबले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने क्लबका काेषाध्यक्ष विनाेद के.सी ले वताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology