Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा महान कार्य

राष्ट्रिय युवा संघ नेपाल देवदहले राहत वितरण अभियान संचालन गर्ने 

राष्ट्रिय युवा संघ नेपाल देवदहले राहत वितरण अभियान संचालन गर्ने 

images
  • राष्ट्रिय युवा संघ नेपाल देवदहले राहत वितरण अभियान संचालन गर्ने 
    फोटो: रेशम अधिकारी/ सेतोमसी
    images
    images

    राहुल सापकोटा, देवदह । राष्ट्रिय युवा संघ नेपाल देवदहले राहत वितरण अभियान संचालन गर्ने भएको छ । आज एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि युवा संघ यस्तो बताएको हो ।

    images
    images
    images

    "हुनेले दिऔं, नहुनेले लिऔं" भन्ने नारा सहित विशुद्ध मानवसेवा गर्ने उद्देश्यले उक्त अभियान संचालन गर्न लागिएको राष्ट्रिय युवासंघका केन्द्रिय सदस्य, रुपन्देही उपाध्यक्ष तथा राहत वितरण अभियान देवदहका संयोजक विकास गहतराजले बताए ।

    images
    images
    images

    साथै, राहत संकलन तथा वितरणका लागि देवदहका हरेक वडामा छुट्टाछुट्टै संयोजक समेत तोकेर महामारी अवधिभर उक्त अभियान चलाईने राष्ट्रिय युवासंघले जनाएको छ । जसका लागि वडा १ र २ मा कुमार तामाङ, वडा ३ र ४ मा सुरज तिवारी, वडा ५  मा सन्तोष घले, वडा ६ मा मिठु गिरि, वडा ७ र ८  मा चन्द्रकान्त खरेल (ध्रुव), ९ र १० मा विश्वास गुरुङ्ग र वडा ११ र १२ मा अजय रोतियालाई संयोजक तोकीएको छ ।

    images
    images
    images

    साथै, श्रद्धा केसी, हरिनारायण कंहर, मधु श्रेष्ठ, विपिन वि.क र रमेश खरेललाई कार्यक्रमको व्यवस्थापक समेत तोकिएको कार्यक्रम संयोजक विकास गहतराजले बताए ।

    पत्रकार सम्मेलनमा एमाले नेताहरु प्रकाश अर्याल, विद्यालक्ष्मी गुरुङ्ग तथा युवा संघका नेता कृष्णराज पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।