Logo

२०८३, श्रावण २७गते


images
images

खडेरीको मारमा किसान

खडेरीको मारमा किसान : भएन वर्षा, भूमिगत पानी तान्न नगरपालिकाको रोक

खडेरीको मारमा किसान : भएन वर्षा, भूमिगत पानी तान्न नगरपालिकाको रोक

images
  • खडेरीको मारमा किसान : भएन वर्षा, भूमिगत पानी तान्न नगरपालिकाको रोक
    images
    images

    देवदह । वर्षा नहुँदा भूमिगत पानीको सतह घट्दै गएपछि देवदह नगरपालिकाले खानेपानी संरक्षण तथा बोरिङ सञ्चालनमा नियन्त्रण गर्न नगरवासी र किसानलाई अपिल गरेको छ ।

    images
    images
    images

    नगरपालिकाले बुधबार सूचना जारी गर्दै जमिनमुनीको पानीको सतह घटेका कारण खानेपानी आपूर्तिमा समस्या देखिन थालेको जनाएको छ । किसानले लगाएको बाली सुक्न थालेको अवस्थाप्रति नगरपालिका संवेदनशील रहेको उल्लेख गर्दै पानीको अभावलाई मध्यनजर गरी विशेष सावधानी अपनाउन सूचना मार्फत आग्रह गरिएको छ ।

    images
    images
    images

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालद्वारा जारी अपिलमा उपलब्ध जलस्रोतलाई पहिलो प्राथमिकताका साथ खानेपानी प्रयोजनका लागि सुरक्षित राख्न आग्रह गरिएको छ ।

    images
    images
    images

    त्यस्तै खेतीपानी तथा सिँचाइका लागि जमिनमुनीको पानी तान्ने बोरिङ (नलकूप) को प्रयोगलाई वर्षा नभएसम्म स्थगित वा प्राविधिक रूपमा अत्यन्त सीमित गर्न अनुरोध गरिएको छ । नगरपालिकाले घरायसी प्रयोजनमा पनि पानीको मितव्ययी प्रयोग गर्न आग्रह गर्दै अनावश्यक रूपमा पानी खेर नफाल्न सबै नगरवासीलाई आग्रह गरेको छ ।

    खानेपानीको स्रोत संरक्षण तथा सम्भावित संकट न्यूनीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको नगरपालिकाको भनाइ छ ।

    यसैबिच रोपाईका बेला पानी नपरेपछि बोरिङ्गको पानी तारेरै भएपनि खेती गर्ने सोच बनाएका किसान नगरपालिकाको अपिलसँगै निराश बनेका छन् । उनीहरुले एकमहिना अघि राखेको धानको बिउ रोप्ने बेला भएको तर रोपाइको मुखका नगरपालिकाले सूचना निकालेपछि आफुहरु अन्यौलमा परेको बताए ।

    रोपाईको लागि तयारी गर्ने सोच बनाएका देवदह बलिराम चौधरीले नगरपालिकाले निकालेको सूचनाबाट आफुजस्ता सैंयौ किसान प्रभावित हुने बताए । ‘जमिनमा पानीको सतह कमजोर बन्दै गइरहेको छ । कतिपय बोरिङ्गहरु सुकिरहेका छन् । बोरिङ्ग चलाउने समयमा त्यस वरिपरिका खानेपानीको लागि प्रयोग हुने ट्युबेलहरु समेत पानि आउन छाडेको छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।