काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि शुरु हुदैछ ।
आजको बैठकमा विधायन व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले 'आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३' सभा समक्ष पेस गर्ने कार्यसूची छ भने कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले 'सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology